गृहपृष्ठ ∕ राजनीति ∕ गगनकुमार थापा पौडेल समुहमा गगनकुमार थापा पौडेल समुहमा दीप संञ्चार भदौ १७, २०७८ गते २०:११ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा रामचन्द्र पौडेल कित्तामा उभिएका छन् ।बिहीबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता यसअघि महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थिए ।केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अचम्मका रुपमा हेरिएको छ ।यसअघि महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापाले आफू-कुन समूहमा लागेको खुलाएका थिएनन् ।पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिन कसरत गर्दै आएको छ। १३ औं महाधिवेशनमा सँगै चुनाव लडेका नेताहरु शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा एकै ठाउँमा उभिएर देउवालाई कडा संदेश दिएका हुन्।यस्तै, महामन्त्रीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समूहबाट गृहमन्त्री बालकृष्ण खाँड र नेता प्रकाशशरण महतबीच को उठ्ने भन्ने बारेमा प्रतिस्पर्धा चलिरहेको छ।देउवाले खाँडलाई गृहमन्त्री बनाएपछि महतलाई अगाडि ल्याउन खोजिरहेका छन्। तर, खाँडले भने मानेका छैनन । उनी जसरी पनि महामन्त्री बन्ने दाउमा छन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीकर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्नेगृहमन्त्री गुरुङले दिए राजीनामानेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न