गृहपृष्ठ ∕ राजनीति ∕ गगनकुमार थापा पौडेल समुहमा गगनकुमार थापा पौडेल समुहमा दीप संञ्चार भदौ १७, २०७८ गते २०:११ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा रामचन्द्र पौडेल कित्तामा उभिएका छन् ।बिहीबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता यसअघि महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थिए ।केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अचम्मका रुपमा हेरिएको छ ।यसअघि महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापाले आफू-कुन समूहमा लागेको खुलाएका थिएनन् ।पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिन कसरत गर्दै आएको छ। १३ औं महाधिवेशनमा सँगै चुनाव लडेका नेताहरु शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा एकै ठाउँमा उभिएर देउवालाई कडा संदेश दिएका हुन्।यस्तै, महामन्त्रीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समूहबाट गृहमन्त्री बालकृष्ण खाँड र नेता प्रकाशशरण महतबीच को उठ्ने भन्ने बारेमा प्रतिस्पर्धा चलिरहेको छ।देउवाले खाँडलाई गृहमन्त्री बनाएपछि महतलाई अगाडि ल्याउन खोजिरहेका छन्। तर, खाँडले भने मानेका छैनन । उनी जसरी पनि महामन्त्री बन्ने दाउमा छन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ?राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्नेप्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारीरास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु :… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ८नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी