गृहपृष्ठ ∕ राजनीति ∕ कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट, आइतबार पेसी कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट, आइतबार पेसी दीप संञ्चार भदौ १७, २०७८ गते १९:४३ मा प्रकाशित काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार रिटमा आइतवार पेसी तोकिएको छ ।कोभिड महामारीमा महाधिवेशन गर्न उपयुक्त नहुने भन्दै मंसिरमा तोकिएको १४औं महाधिवेशन रोक्न वैद्यले माग गरेका छन् ।रिटमा कांग्रेसको वैधता कानुनी रुपमा अझै एक वर्ष रहेको, माओवादी र एमालेको महाधिवेशन पनि धेरै समयदेखि नभएकाले कोभिड महामारीलाई हेरेर अहिले महाधिवेशन गर्न उपयुक्त नहुने तर्क गर्दै अन्तरिम आदेश माग गरिएको छ ।१८ भदौबाट वडा तहदेखि शुभारम्भ हुन लागेको कांग्रेस केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा तय भएको छ ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल