Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिएमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : नेता बस्नेत

एमालेले कारबाही गरेका १४ सांसदलाई जोगाउन समामुखले षड्यन्त्र गरे : नेता बस्नेत


काठमाडौँ – नेकपा एमालेका नेता एवम सांसद महेश बस्नेत एमालेले १४ सांसदलाइ कारवाहीको सिफरिस गरेको मा सभामुखले विभिन्न जाल झेल गरेर कारवाही नगर्ने गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नि सापकोटाले विगतको गुरिल्ल्ला शैलीमा झैँ छुटै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् ।

सोमबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए ।

वर्तमान सरकारमा सामेल दलहरुले संविधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बताए ।

वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाइ थियो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस