Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिबाँकी बोनसको जीवनमा कुनै कार्यकारी पद लिन्न : झलनाथ खनाल

बाँकी बोनसको जीवनमा कुनै कार्यकारी पद लिन्न : झलनाथ खनाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल भारतको नयाँ दिल्लीला लामो समयको उपचार पछि नेपाल फर्किएका छन् ।

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराएर सोमवार नेपाल फर्किएका नेता खनालले आफ्नो जीवन बोनसको जीवन भएको भान्दाई देश ,राष्ट्रियता र नेपाल मोडलको समाजवाद निर्माणका निम्ती खर्चिने बताएका छन् ।

त्रिभुवन विमानस्थलमा खनाललाई पत्रीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरुले स्वागत गर्न पुगेको थिए ।त्यसक्रममा आयोजित पत्रकार सम्मेलनमा आफ्नो लिखित वक्तव्य अरुलाई पढ्न दिएका खनालले आफुले पुनर्जीवन पाएको बताए ।साथै,बाँकी जीवनमा कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् ।

मेरो शल्यक्रिया शतप्रशित सफल भएको छ,’अव मेरो बाँकी जीवन बोनसको जीवन हो, खनालले भने उमेरले ७१ वर्ष पार गरिसके अब सास रहुन्जेल यो देशको सेवामा समर्पित रहन्छु ।’


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस