Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतियी शक्तिशाली नेताले छाडे माधवको साथ, अब के होला ?

यी शक्तिशाली नेताले छाडे माधवको साथ, अब के होला ?


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन् ।

पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, नेपालले भनेका छन् ।

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन् । माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ, नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस