गृहपृष्ठ ∕ राजनीति ∕ महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा दीप संञ्चार भदौ १४, २०७८ गते १३:५८ मा प्रकाशित काठमाडौँनेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भने, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’थापा यसअघि पनि महामन्त्रीका उम्मेदवार थिए । कांग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित भएका थिए। यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताए। नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल