गृहपृष्ठ ∕ ग्लोबल ∕ अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार हुन्छः प्रधानमन्त्री अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार हुन्छः प्रधानमन्त्री दीप संञ्चार भदौ १, २०७८ गते ४:४३ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेको नेपालीको उद्धार गर्न आवश्यक निर्देशन दिइसकेको बताउनुभएको छ ।देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएकाले अत्यावश्यक उद्धार प्रबन्ध मिलाउन आइतबारै निर्देशन दिएको बताउनुभएको हो । ‘सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सजगता र गम्भीरतापूर्वक अभिभावकको जिम्मेवारी निर्वाह गर्छ’, देउवाले भन्नुभएको छ ।आज सामाजिक सञ्जालमा लेख्दै देउवाले अफगानिस्तानमा नेपालीको अवस्था र स्थितिको तथ्य लिने काम भइरहेको बताउनुभयो ।‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु’, प्रधानमन्त्री देउवाले लेख्नुभएको छ ।यसैबीच, सरकारले हिजै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा संयन्त्र पनि गठन गरेको छ ।सो संयन्त्रमा सीसीएमसीका साथै गृह, पर्यटन लगायतका आवश्यक मन्त्रालयका प्रतिनिधि रहेका छन् ।अफगानिस्तानमा औपचारिक क्षेत्रमा करीब १५ सय नेपाली कार्यरत रहेपनि अनौपचारिक क्षेत्रमा कति नेपाली छन् भन्ने तथ्यांक सरकारसँग छैन ।क्याटेगोरी : ग्लोबल, राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ