Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठराजनीतिसांसद वलीले रुँदै भनिन् – ‘मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’

सांसद वलीले रुँदै भनिन् – ‘मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’


काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुन: नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् ।

यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको  विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यलयमा उनी उपस्थित भएपछि पुन: फर्किएकी हुन् ।

स्रोतका अनुसार उनले दलको कार्यालयमा उपस्थित भएर आफूलाई मुख्यमन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्क बाहिर रहेको बताएकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन् ।

‘उनी हामीसामु रुनु पनि भयो । उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन भनेर भनिन्’-  माओवादी संसदीय दलको कार्यालय स्रोतले भन्यो ।

उनले आफूलाई मुख्यमन्त्रीको कार्यलयमा राखि बन्धक बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरेको पनि बताएको खुलेको छ ।

उनले सरकारसँग आफ्नो जीवन रक्षाको पनि गरेकी छन् । उनले आजै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन् ।

 

गत बैशाख १९ गते विमलाले यस्तो विज्ञप्ति जारी गरेकी थीइन।

गत बैशाख १९ गते जारी विमलाको विज्ञप्ति

 


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस