गृहपृष्ठ ∕ राजनीति ∕ सांसद वलीले रुँदै भनिन् – ‘मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’ सांसद वलीले रुँदै भनिन् – ‘मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएर जबरजस्ती एमाले बनाइयो’ दीप संञ्चार साउन २०, २०७८ गते १६:३५ मा प्रकाशित काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली पुन: नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् ।यसअघि माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनी एमालेमा प्रवेश गरेको विज्ञप्तिहरु सार्वजनिक भएका थिए । तर उनी बुधबार बिहान माओवादी केन्द्रको प्रदेशसभा सचिवालयको संसदीय दलको कार्यलयमा उनी उपस्थित भएपछि पुन: फर्किएकी हुन् ।स्रोतका अनुसार उनले दलको कार्यालयमा उपस्थित भएर आफूलाई मुख्यमन्त्रीको कार्यलयमै राखिएकोले सम्पर्क बाहिर रहेको बताएकी छन् । उनी कार्यलयमा बिहान ११ बजे उपस्थित भएकी थिइन् ।‘उनी हामीसामु रुनु पनि भयो । उनले मलाई मुख्यमन्त्रीको कार्यलयमा राखेकोले सम्पर्कमा रहन सकिन भनेर भनिन्’- माओवादी संसदीय दलको कार्यालय स्रोतले भन्यो ।उनले आफूलाई मुख्यमन्त्रीको कार्यलयमा राखि बन्धक बनाएर नक्कली हस्ताक्षर गरी एमाले प्रवेश गरेको व्यहोरा सार्वजनिक गरेको पनि बताएको खुलेको छ ।उनले सरकारसँग आफ्नो जीवन रक्षाको पनि गरेकी छन् । उनले आजै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्ने बताएकी छन् । गत बैशाख १९ गते विमलाले यस्तो विज्ञप्ति जारी गरेकी थीइन।गत बैशाख १९ गते जारी विमलाको विज्ञप्ति Name(required)Email(required)WebsiteMessageSubmitक्याटेगोरी : राजनीतिट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट