गृहपृष्ठ ∕ राजनीति ∕ गगन थापाको वचन : जनताको जीवन जोगाउन केपी ओलीसँग मिलेर काम गर्न चाहन्छौं (भिडियो) गगन थापाको वचन : जनताको जीवन जोगाउन केपी ओलीसँग मिलेर काम गर्न चाहन्छौं (भिडियो) दीप संञ्चार जेठ २, २०७८ गते १०:५३ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले पुनः प्रधानमन्त्रीको जिम्मेवारी पाएका केपी शर्मा ओलीसँग मिलेर काम गर्न आब्हान गरेका छन् ।शनिवार थापाले भिडियोमार्फत प्रधानमन्त्री ओलीलाई अब केही दिन अन्य सबै कुरा छोडेर मन, ध्यान, शक्ति, उर्जा, संयन्त्र महामारीसंग जुध्न लगाउन सुझाव पनि दिएका छन् ।थापाले अबको केही समय ओलीसँगका सबै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न साथमा उभिने बचन दिएका छन् ।उनले भने, जनताको जीवन जोगाउन लाग्ने हो भने म र म जस्ता अन्य कयौंलाई नदीको अर्को किनारामा होइन तपाइँसँगै उभिएको पाउनुहुनेछ, तपाइलाई मद्दत गरिरहेको पाउनुहुनेछ, तपाइको सरकारलाई सफल बनाउन लागिरहेको पाउनुहुनेछ ।’‘तपाईले एक पटक फेरि मौका पाउनुभएको छ, यो मौकालाई खेर नफालौं, यो पटक अलिक फरक ढंगले काम गरौं । तपाई र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकाहरुलाई आशा दिने प्रयत्न गरौं, अक्सिजन नपाएर छटपटाइरहेकाहरुलाई सास दिने प्रयास गरौं । अनि आर्यघाटमा पुगेका लासहरुलाई घटाउने प्रयत्न गरौं । मिलेर काम गरौं’ थापाले भिडियोमार्फत भनेका छन् ।श्रोत : हाम्रा कुरा / फेसबुकक्याटेगोरी : राजनीति, समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल