Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५देउखुरी बहुमुखी क्याम्पसमा नेविसंघ कमिटि गठन

देउखुरी बहुमुखी क्याम्पसमा नेविसंघ कमिटि गठन


दाङ्ग – देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको कमिटि बिस्तार गरेका छन । इकाई सभापति सागर पोख्रेलको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ्ग जिल्ला सदस्य कुमार घिमिरेको प्रमुख आतिथ्यतामा कमिटि बिस्तार कार्यक्रम सम्पन्न भएको हो ।

May be an image of 8 people, including सुमन कालाथोकी, Pawan Yadav and Prakash Belbase and people standing

कार्यक्रममा काङ्ग्रेस जिल्ला सदस्य घिमिरेले बर्तमान परिवेशमा देशलाई सहि ट्र्याकमा ल्याउन विद्यार्थीहरुको अहम भुमिका हुने भएकोले देशको समसामयिक राजनीतिमा पनि चासो राख्न आग्रह गरे । विश्वका ठुला ठुला नेताहरु पनि विद्यार्थी राजनीति जिवन बाटै आएको बताउदै देशको नेतृत्व लिन सक्ने गरि आफ्नो क्षमता प्रदर्शन गर्न समेत अनुरोध गरे ।

May be an image of 13 people, people standing, people sitting and indoor

त्यस्तै नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष पवन यादवले कम्युनिष्ट मुक्त नेपाल बनाउन समाजको नेतृत्व नेपाल विद्यार्थी संघमा आबद्द भएका भाई बहिनीहरुको काँधमा आएको उल्लेख गरे। कम्युनिष्टहरु झुठ बोलेर देशमा शासन गरे पनि बाँदरको हातमा नरिवल भने जस्तै भएको र देश चलाउन नसकेको आरोप लगाए।

देउखुरी बहुमुखी क्याम्पस बिबिएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित पैतिस सदस्यीय कमिटि बिस्तार गरिएको छ। क्याम्पसका निवर्तमान सभापति सुमन कालाथोकीले बिद्यार्थीहरुलाई रानीतिक कुराको बारेमा ज्ञान हुनु पर्ने बताए ।

May be an image of 8 people, including Pawan Yadav, सुमन कालाथोकी and Prakash Belbase, people sitting and people standing

आइतबार बिस्तार गरेको कमिटीको पहिलो सेक्सनमा अध्यक्षमा बिजय पौडेल, उपाध्यक्षमा बबिता पाण्डे, सन्देश एमसी ,सचिवमा शिशिर बुढाथोकी, सहसचिवमा एन्जिला चौधरी, कोषाध्यक्षमा श्रीष्टी बस्नेत रहेका छन ।

बिबिएसको दोस्रो सेक्सनमा रिमा चौधरी अध्यक्ष, उपाध्यक्षमा जया पोख्रेल र बिजय प्रकाश कुमाल, सचिवमा पुष्पा पन्थी, सहसचिवमा अस्मिता शर्मा, कोषाध्यक्षमा तिर्सना अधिकारी चयन भएका छन । कार्यक्रमको संचालन क्याम्पसका निवर्तमान सभापति सुमन कालाथोकीले गरेका थिए।


क्याटेगोरी : राजनीति, समाचार, प्रदेश ५
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस