Techie IT
×
गृहपृष्ठसमाचारकाङ्ग्रेसले टोल समिति बिस्तारमा तिब्रता दिदै

काङ्ग्रेसले टोल समिति बिस्तारमा तिब्रता दिदै


दाङ – लमही नगरपालिका वडा नम्बर ९ को कोल्तरा तरुलियामा नेपाली काङ्ग्रेसको भेला सम्पन्न भएको छ । साथै शनिवार त्यहाँ सम्पन्न भेलाले सुरेश केसी सभापती रहने गरि एघार जनाको टोल समिती बिस्तार गरेको छ । समितिको उपसभापतिमा निर्मला थापा, सचिबमा भिम ओली,कोषाध्यक्षमा सेबन्ती विश्वकर्मा, सहसचिवमा शेर बहादुर बोटे रहेका छन । त्यस्तै नरेश कुमाल, प्रताप कुमाल, बालिका विश्वकर्मा,साबित्रा कुमाल, चन्द्र बहादुर घर्ती र प्रमिला खड्का सदस्य रहेका छन । नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ९ का वडा सभापति लिलाधर खड्काको प्रमुख आतिथ्यतामा टोल समिति बिस्तार गरिएको हो । पछिल्लो समय देउखुरीका विभिन्न क्षेत्रमा नेपाली काङ्ग्रेसले टोल समिती बिस्तारलाई तिब्रता दिएको वडा सभापति लिलाधर खड्काले जानकारी दिए । शनिबार गठित टोल समितिका पदाधिकारीहरुले पार्टीको निर्देशन अनुशार अघि बढ्ने प्रतिबद्धता समेत गरेका छन ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस