Techie IT
×
गृहपृष्ठसमाचारजनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न

जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न


दक्षिण कोरिया (जिएनएन) – नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले कोरोना महामारीका बाबजुद संगठनको आधारभुत तत्व र बलियो आधार संगठनात्मक जगलाइ बलियो बनाउने तथ्यांक “साधारण सदस्यता“को काम सफलताका साथ सम्पन्न गरेको छ l

साधारण सदस्यता सम्बन्धि व्यवस्था अन्तर्गत सजिलो सहज सबैलाई पहुच हुने अन्लाईन माध्यम बाट नेपाली जनसम्पर्क समितिको साधारण सदस्यता वितरण कार्य नयाँ बर्षको सुरुवात जनवरी देखी मार्चको पहिलो हप्तामा सम्म सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी अधिवेशनको लागि नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार नेपाल कांग्रेसको क्रियाशील सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि वितरण समिति बनाएको छ । कृयाशिल वितरण समितिमा सभापति आस्था विन्दु मल्लको संयोजकत्वमा उपसभापति जितेन्द्र महता, संगठन विभाग प्रमुख खेमराज देवकोटा, प्रेस विभाग प्रमुख रत्न लिन्थेप लिम्बू र विदेश विभाग प्रमुख कमल शाही सदस्य रहेको उक्त समितिले साधारण सदस्यता नै कृयाशिल सदस्यता वितरण प्रकृयाको आधारभुत खुड्किलो भएको बताएको छ ।

क्रियाशील सदस्यको मापदण्ड तथा शुल्कअनुसार रितपूर्वक आएको निवेदन क्रियाशील सदस्यको फारम नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति आस्था विन्दु मल्लले प्रमाणित गरी केन्द्रमा सिफारिस गर्ने जानकारी प्राप्त भएको छ । कृयाशिल वितरण र अधिबेशनको प्रारम्भिक प्रक्रिया पूरा गरि लक्षित समयमा कृयायाशिल सदस्यता नवीकरण जारी रहे संगै नयाँ कृयाशिल वितरण प्रक्रियामा रहेको छ ।

साधारण सदस्यताको तथ्यांक संगठनको आधारभुत तत्व र बलियो आधार तथा सोही आधारमा प्रवासमा कांग्रेसको विधि-विधान संगै भातृ संगठनले आवाश्यक संगठनात्मक कार्य गरि पार्टीको कृयाकलापलाई चुस्त-दुरुस्त राख्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने आम दक्षिण कोरियामा रहेका जनसम्पर्क समिति संग सम्बद्ध र नेपाली कांग्रेस मा आस्थावान सवैले यो कार्यसमितिले अत्यन्तै प्रभावकारी कार्य गरेको विचार खाख्दै कार्यसमिति प्रती आभार व्यक्त गरेका छ्न।

साधारण सदस्यता संस्थागत कार्य मात्र नभएर डाटा बेसमा संगठनलाई जिवन्त राख्ने बलियो आधार तय गर्दै उदाहरणिय कार्य भएको आम अग्रज को भनाइ रहेको छ। यस कार्यमा सभापति आस्थाविन्दु मल्ल र कोषाध्यक्ष केपि चौलागाईले विशेष भुमिका निभाएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बताएको छ।

यस कार्यमा केन्द्रिय कार्यसमितिका पदाधिकारी, विभागिय प्रमुख, केन्द्रिय सदस्य, क्षेत्रिय कार्यसमितिका सभापती लगायतका सदस्यहरू त्यस्तै जनसम्पर्क समितिमा आबद्ध अग्रज सम्पुर्ण व्यक्तित्वलाई सिंङ्गो जनसम्पर्क समिति दक्षिण कोरियाले हार्दिक धन्यवाद दिँदै साधारण सदस्यता भर्ने सम्पूर्णलाई संगठन र पार्टीको सिद्धान्तलाई सिरोपर गरेर अगाडि बढ्न समेत अनुरोध गरिएको छ। संगठनात्मक जगलाइ बलियो बनाउने, महाधिवेशनको प्रारम्भिक कार्यका लागि अनलाइन मार्फत लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने लोकतन्त्रवादी र कांग्रेसीजनलाइ जनसम्पर्क समिति दक्षिण कोरियाको विधानत साधारण सदस्यता वितरण गर्दै गर्दा एकातिर संस्थाको तथ्यांकको निर्क्योल अर्कोतर्फ क्षेत्रगत कार्य तर्जुमा बिज्ञानसम्मत रहने हुँदा थप कार्य गर्न सजिलो हुने समितिको ठम्याइ रहेको छ।

साथै साधारण सदस्यताको नामावली सार्वजनिक गरिसकिएको जनाइएको छ। संगठन भित्र मत-विमत लोकतान्त्रिक पद्धतिको स्वभाविक पक्ष हुन तर मयभेद हुन नहुने जिकिर गर्दै कांग्रेस प्रती आस्था राख्नुहुने सम्पूर्णलाई एकढिक्का भएर संगठन को हितका निम्ति दत्तचित्त भएर सकारात्मक सोंचका साथ सहयोगको लागि महामन्त्री कुमार थापाले हार्दिक अपिल समेत गरेका छन्।

स्थापनाकालदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको जनसम्पर्क समिति कोरियाले नेपाली कांग्रेसका केन्दिय नेताहरूसँगको अन्तरक्रिया कार्यक्रम देखि जागरण अभियान लगायतका साङ्गठनिक कार्यहरू क्रियाशीलताका साथ सम्पन्न गर्नुका साथै शैक्षिक सेमिनर देखि लिएर, विविध कारणले कोरियामा रहदा अप्ठ्यारोमा परेका नेपालीहरू साथै नेपालमा कोरोनाको महामारीका कारण अफ्ठेरोमा परेकालाई पनि अभिभावकको रूपमा सक्दो सहयोग गर्दै आएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #budget, #corona, #hot

तपाईको प्रतिक्रिया दिनुहोस