Techie IT
×
गृहपृष्ठआर्थिकअब फर्केर भारत जाने चाहाना छैन

अब फर्केर भारत जाने चाहाना छैन


दाङ– बाल्यवस्था भारत मै बित्यो, जागिरको दौरानमा कहिले कता कहिले कता गरियो, दुई चार पैसा जोरजाम गरेरै भएनी अलिकती पैसा जम्मा गरेको थिए त्यही पैसाले आफ्नै देशमा केही गरौं भनेर ब्यवसाय शुरु गरेको छु सुनिल विकले भने ।

No description available.

पुर्ख्यौली घर रोल्पा, बुवा आमा रोल्पाबाट बसाइँसराइ गरेर दाङ आए । सुनिलको श्रीमतीको जागिर भएका कारण देउखुरीको लमहीमा अस्थायी बसोबास गर्नु पर्ने भयो । सुनिलकी श्रीमती पुष्पा स्वर्णकार लमही स्थित नापी कार्यालयमा जागिरे छिन । “श्रीमानले भारतमा अनि मैले यता गरेको जागिरबाट जोरेको पैसाले थोरधेर जग्गा पनि जोडेका छौं” श्रीमती पुष्पाले भनिन ।

No description available.

सुनिल र पुष्पाका तीन छोरी छन । सानो परिवार सुखी परिवार सङ्गै बसेर अबको समय बिताउने चाहाना भएको श्रीमान श्रीमतीको भनाई छ । “अब नेपालमा बसेर जे जति कमाई हुन्छ त्यसैमा रमाउने हो” सुनिलले भने ।

No description available.

“अर्काको मुलुकमा जति पसिना बगाए पनि आखिर आफ्नै देशमा फर्किन पर्ने रहेछ त्यसैले नेपाल फर्केर केही गर्ने सोच बनाएको थिए” उनले भने । श्रीमतीको जागिर नेपाल मै भएर पनि उता बस्न मन नलागेको उनको भनाइ छ । आधा उमेर भारतमै कटाएका सुनिल विक आधा नेपाली आधा हिन्दी भाषा बोल्छन ।

No description available.

सानै देखि भारतको बसाई थ्यो तर परिवार यतै हुँदा आउने जाने त भैरहन्थ्यो बिचमा कोरोनाले गर्दा पनि भारतको बसाइँ छोट्याउने निधो गरेको सुनिलले बताए । सुनिलले आफू सङ्गै आफ्नो सालालाई पनि उक्त ब्यवसायमा जोडेका छन । एक जना भारतियलाई कारिगरका रुपमा राखेका छन । उसो त सुनिल आफै एक अनुभवी खाने कुरा बनाउने कारिगर पनि हुन ।

झन्डै ७ लाख खर्च गरेर सुनिल र हेमन्तले शोभाश्री लखनउ चिकेन बिर्यानी एन्ड फास्ट फुड कर्नर सन्चालनमा ल्याएका छन ।

यसै बिच सुनिल र उनका साला हेमन्त दुलालले सन्चालनमा ल्याएको “शोभाश्री लखनउ चिकेन बिर्यानी एन्ड फास्ट फुड कर्नर” को मंगलवार उद्घाटन भएको छ । उद्घाटन गर्दै देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बाणिज्य संघमा ब्यबसाय थपिदै जानू खुशीको कुरा भएको बताए । साथै श्रेष्ठले ग्राहकबाट कुनै पनि गुनासो नआउने गरेर सेवा दिन आग्रह गरे ।

No description available.

त्यस्तै उद्घाटन कार्यक्रममा दलित अधिकारकर्मी तथा मानव अधिकारकर्मी मिना स्वर्णकारले सानो लगानीका होटल ब्यवसायीलाई सरकारले प्रवर्द्धन गर्न आवस्यक भएको बताईन । त्यस्तै देउखुरी उधोग बाणिज्य संघका सदस्य प्रकाश जिसीले उधोग बाणिज्य संघमा दर्ता हुन आग्रह गर्दै सेवाग्राहीको मन जित्ने गरि सेवा प्रदान गर्न आग्रह गरे ।

No description available.

No description available.


क्याटेगोरी : आर्थिक, समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस