गृहपृष्ठ ∕ समाचार ∕ सरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन थापा सरकारले जनताको मतको अपमान गरेको छ – काङ्ग्रेस नेता गगन थापा रासस माघ ३०, २०७७ गते २०:४४ मा प्रकाशित विराटनगर — नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको मतको अपमान गरेको बताए।नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज यहाँ आयोजित वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट यसको निकास र आजको अवस्था विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले सनकको भरमा संसद विघटन गरेको आरोप लगाए ।उनले संसद विघटन भएको मुद्दालाई नेपाली काङ्ग्रेसले असंवैधानिक भनिसकेकोले संविधानको रक्षा एवं प्राण बचाउन सर्वोच्च अदालतप्रति विश्वास छ भने।केन्द्रीय सदस्य थापाले संविधानको चिर हरण भएमा नेपाली काङ्ग्रेसले ठेकान लगाउने भन्दै सर्वोच्च अदालतले कसैको गर्जनमा प्रभावित बन्न नहुने तर्क गरे ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान विपरित हुने कुनै पनि कार्य नेपाली काङ्ग्रेसलाई स्वीकार्य नहुने भन्दै सरकारको पछिल्लो कदम सच्चिनु पर्ने विचार व्यक्त गरे ।नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधिविहीन अवस्थालाई अन्त्य गर्न सर्वोच्च अदालतले संविधानको रक्षा गर्नु पर्ने कुरामा जोड दिए।संविधान विद् डा विपीन अधिकारीले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको जिकिर गर्दै प्रजातन्त्र र संविधानको मूल्यमान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नु पर्ने बताए।कार्यक्रममा संविधान सभा सदस्य डिकबहादुर लिम्बू र नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिका सभापति एवं महानगरापलिका प्रमुख भीम पराजुलीले वर्तमान अवस्थाबाट पार पाउन नेपाली काङ्ग्रेले समयमै सही निर्णय लिनु पर्ने धारणा राखेका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदानअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमण२६ औ जनयुद्ध दिबसको पुर्बसन्ध्यामा दाङमा मसाल जुलुस कार्यक्रम सम्पन्न धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ७एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार