गृहपृष्ठ ∕ समाचार ∕ भागरथी हत्या घटनाको अनुसन्धान तिव्र बनाउ, दोषी अविलम्ब पक्राउ गर : नेपाली काँग्रेस भागरथी हत्या घटनाको अनुसन्धान तिव्र बनाउ, दोषी अविलम्ब पक्राउ गर : नेपाली काँग्रेस दीप संञ्चार माघ ३०, २०७७ गते २०:०० मा प्रकाशित काठमाडौं — नेपाली काँग्रेसले बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्ट हत्या घटनाको अनुसन्धान तिव्र बनाउ र दोषी अविलम्ब पक्राउ गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नुलाई गम्भिर रूपमा लिएको बताए ।अहिलेसम्म भट्टको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई पनि दुःखद र गम्भिर रूपमा लिएको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न र बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन काँग्रेसले प्रधानमन्त्री समक्ष माग गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘शान्ति स्थापना र संविधान निर्माण पश्चात देशमा अमन चयन स्थापना हुनेछ र नागरिकको जीवन सुरक्षित बन्नेछ भन्ने विश्वास वितेका बर्षहरुमा कारुणिक ढंगले खण्डित हुँदै आएको छ । अनेक प्रकृतिको हिंसासँगै बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध केही वर्ष यता डरलाग्दो ढंगले बढ्नु गम्भीर चिन्ताको बिषय बनेको छ ।’ ‘विकसित मुलुकमा पनि यस्तै हुन्छ’ भन्ने जिम्मेवार तहको गैह्र जिम्मेवार जवाफले वर्तमान सरकारको उदासिनता प्रकट गरेको भन्दै अपराधको मानसिकता निरुत्साहित गर्न कानूनी चेतावनीको भाषालाई कमजोर बनाएको शर्माले बताए ।‘निर्मला पन्त प्रकरणका दोषी अझै कहिँ खुला घुमिरहेका छन् भने भागरथी र अरु धेरै छोरीको अपराधमा संलग्नहरु कानुनको कठघराभन्दा बाहिरै छन्’ विज्ञप्तिमा भनिएको छ– ‘महिला उपर हिंसा र बलात्कार अनि हत्याका जघन्य अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुक बनाउन सरकार समक्ष माग गर्दै नेपाली काँग्रेस यस्ता घटनाविरुद्ध सिंगो समाजको सजगताका लागि अपिल गर्दछ ।’यस्ता घटनामा न्यायका लागि काँग्रेस सजगताका साथ कृयाशिल रहँदै आएको शर्माले जानकारी दिए ।यसक्रममा बैतडी घटनाको स्थलगत अध्ययन गरि लिखित प्रतिवेदन पेश गर्न एवं स्थानीयवासी र परिवारजनसँग भेट गर्न काँग्रेस केन्द्रीय समितिको प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य रमेश लेखक शुक्रबार साँझ बैतडी पुग्ने जनाइएको छ । जघन्य अपराधका घटनामा न्यायका लागि र घटना हुनै नदिन सम्पूर्ण सजगताका लागि काँग्रेस सबैमा अपिल गरेको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ