Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’

विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’


दाङ्ग -दाङ्गको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित रहेको माध्यामिक विद्यालय सिक्टा निकै विवादित विद्यालय हो । कहिले शिक्षिका माथि हातपात, कहिले प्रधानाध्यापक बन्ने होडबाजी त कहिले विद्यार्थी कुटपिट ।

यस्तै पछिल्लो समय विद्यार्थी कुटपिट गरेका कारण माध्यामिक विद्यालय सिक्टा विवादित बनेको छ । यो केहि दिन अघिको घटना हो, माध्यामिक विद्यालय सिक्टामा अध्ययापन गराउने निजि स्रोतका शिक्षक हेमराज विकले विद्यार्थी माथि निर्घात कुटपिट गरेका छन । शिक्षक हेमराज विकको दादागिरी भिडियोमा स्पष्ट देख्न सकिन्छ । उनको कक्षाका कोठामा प्रवेश गर्दाको शैली र विद्यार्थीसंगप्रस्तुत हुँदाको शैली नै खलनायक जस्तो देखिन्छ ।

सोहि विद्यालयको कक्षा दशमा अध्ययरत छात्र तथा छात्राहरुलाई परिक्षामा थोरै नम्बर लिएको भन्दै पाइपको लट्ठीले कुटपिट गरेको पिडित छात्राहरुले गुनासो गरे । माध्यामिक विद्यालयमा पढाउने शिक्षक हेमराज विकको कुटाईको पिडा सहन नसकेर एक जना छात्राले औषधि समेत गरेको गुनासो गरिन । लमही नगरपालिका वडा नम्बर ९ तेलिया बस्ने सर्मिला कुमालले शिक्षकले हिर्काएको चोटका कारण उठ्न बस्न गाह्रो भएपछी दवाई गर भनेर लमहीको पानस मेडिकलमा पठाएको उनका बाबु परदेसी कुमालले भने । छोरीलाई यसरी कुटपिट गर्दा विद्यालयमा गएर किन बुझ्नु भएन भन्दा उल्टै फसाउलान कि भन्ने डरले केहि बोल्न सकिएन कुटाई खाने मध्यकी सर्मिलाका बुवा परदेशी कुमालले भने ।

करिब दुई हप्ता अघि माध्यामिक विद्यालयमा पढाउने शिक्षक हेमराज विकले आफुले पढाउने गणित बिषयमा थोरै नम्बर किन लिएको भन्दै प्लाष्टिकको पाइपले हिर्काउन शुरु गरेको कक्षा दशकी छात्रा सोमा कुमाले भनिन । परिक्षामा जिरो नम्बर लिने को—को हो यता आइज भन्दै बोलाउदै कम्मर देखि मुनि सके जति बल पर्योग गरेर हान्नु भयो छात्रा कुमालले भनिन । त्यो दिन सरले हानेको सम्झिंदा आज पनि झस्किने बनाउछ ।

ट्युसन पढ्ने भएको कारण राप्ती पारिको गाउँ तिर कोठा लिएर छोरीलाई बसालेको थिए, मास्टरले त्यसरी पिटेको हामीलाई थाह थिएन छोरी घर आएर भनेपछि मात्र थाह भयो छात्रा सोमा कुमालका बाबु नरेश कुमालले भने । मेरो छोरीको कम्मर देखि मुनि निल डाम छ, उठाउन बसाउन गाह्रो छ बुवा नरेशले भने । ज्ञानगुनका कुरा सिकाउन पठाएको होकी कुटाई खान पठाएका हौ हामीले छोराछोरी ? यो जवाफ विद्यालयले दिनु पर्छ उनले भने । हाम्रा छोराछोरी माथि निर्ममता पुर्वक कुटपिट गर्ने शिक्षकलाई हदै सम्मको कारबाही हुनु पर्दछ नरेशले आक्रोश पोखे ।

कक्षा कोठामा प्रवेश गर्दा नै शिक्षक हेमराज आक्रामक शैलीमा जाने गरेको कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुको भनाई छ । छात्राहरुलाई तलाई महिनावारी भएको छ कि छैन भनेर सोध्ने, भएका जातिलाई कम हान्ने र नभएकालाई बेस्सरी हिर्काउने गरेको पिडित विद्यार्थीहरुले बताए । ति शिक्षकले कुन मनसायले महिनावारी भएको सोधे हामीलाई थाह छैन कक्षा दशकी छात्रा सोमाले भनिन ।

विद्यालय शान्ति क्षेत्र हो, बाल मैत्री विद्यालय र बालमैत्री शिक्षा प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ । सर्बोच्च अदालतले २०६३ सालमा विद्यार्थीलाई कुटपिट गर्नु अपराध ठहर गर्दै कुटपिट गर्न नपाईने भनेर फैसला गरेको पुर्व जिल्ला शिक्षा अधिकारी तथा शिक्षा विद् जागेश्वर शर्मा घिमिरेले बताए ।

कुटपिट गर्ने शिक्षकको भनाई

यता कुटपिट गर्ने शिक्षक हेमराज विकले भनेको नमान्दा र परिक्षामा राम्रो नम्बर लिन नसकेका कारण सामान्य कुटपिट गरेको प्रतिक्रिया दिए । सामान्य कुटपिट गर्दा पनि कसैले आफुलाई फसाउन लागेको बताए । विद्यार्थीलाई कुटपिट गरेको सुचना अभिभावकले थाह पाएपछि र विद्यालयमा गुनासो आएपछि आफुले कुट्न छोडेको शिक्षक विकले बताए।

कानुनले के भन्छ ?

कानुनी रूपमै विद्यार्थीलाई पिट्नु बालबालिकाविरुद्धको हिंसा हो । संविधानको धारा ३९ ले ‘बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन’ भनेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमयार्दित व्यवहार गर्ने र शारीरिक असर वा चोट पु¥याउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजाय तोकेको छ ।




क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस