Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सिमसार दिवसमा वृक्षारोपण र सरसफाई

सिमसार दिवसमा वृक्षारोपण र सरसफाई


दाङ्ग – डिभिजन बन कार्यालय देउखुरीले मंगलवार लमही नगरपालिका ३ जखेरा ताल परिसरमा बिश्व सिमसार दिवसका अवशरमा बृक्षारोपण र सरसफाई गरि मनाएको छ ।

‘पानी र सिमसार मानिसको जिउने आधार’ भन्ने मुख्य नारा सहित डिभिजन बन कार्यालय देउखुरीले कार्यक्रम मनाएको हो । कार्यालयका निमित्त प्रमुख प्रेमिलाल प्रसाद साहको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता एबम नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह र सामुदायिक बन उपभोक्ता महासंघ देउखुरी क्षेत्रका क्षेत्रिय अध्यक्ष हरि भुसालको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

No description available.

सिमसार क्षेत्र परिसर नजिकै बिभिन्न जातका बिरुवा लगाईनुका साथै सर सफाई पनि गरिएको थियो । सो अबसरमा बोलने बक्ताहरुले वन बन्यजन्तुको संरक्षण जलचर प्राणि सहित समग्र प्राणिको जिबन रक्षाको लागी सिमरास क्षेत्रको संरक्ष्ण र बिकाश हुन आबश्यक रहेको कुरामा जोडि दिएका छन् । कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले सिमसारको उचित संरक्षण र प्रवर्धन नहुँदा भएका सिमसारहरु मासिने खतरा रहेकोले त्यसको संरक्षणमा ध्यान दिन आबश्यक रहेको बताए ।

त्यसैगरि सामुदायिक बन उपभोक्ता महासघका क्षेत्रिय अध्यक्ष हरि भुसालले बन बन्य जन्तु संरक्षण र प्रवर्धनको लागी सिमसारको खाँचो हुने भएकोले त्यसको संरक्षण र बिकाशमा लाग्न जरुरी रहेको बताए । त्यस्तै नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले प्राकृतिक ताल पोखरीहरु प्रतिदिन मासिदै र नासिदै जादा जलिए जैबिक बिबिधताहरुको लोप हुने खतरा बढेकोले त्यसको संरक्ष्णमा सबैले ध्यान दिन आबश्यक भएको बताईन।

कार्यक्रममा जखेराताल धार्मिक तथा र्पयटकिय बिकास समितिका महासचिब लोकमणि बन्जाडे लगाएतले बोलेका थिए । कर्यक्रमको सचालन डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत राम गोपाल चौधरीले गरेका थिए ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस