‘प्रज्वल’ को सम्झनामा सप्ताहव्यापी खेलकुद सम्पन्न
दाङ्ग– नेपाली कांग्रेसका महासमिति सदस्य प्रदीपराज शर्माका स्वर्गीय पुत्र प्रज्वल शर्माको सम्झनामा आयोजना गरिएको सप्ताहव्यापी खेलकुद कार्यक्रम मंगलवार सम्पन्न भएको छ।
स्वर्गीय प्रज्वल शर्माको स्मृतीमा सञ्चालित ‘प्रज्वल स्मृती अध्ययन केन्द्र’ ले खेलको आयोजना गरेको हो । केन्द्रले खेलप्रतीको रुचि अभिबृद्दी गर्न वर्षेनी खेलकुद प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । आगामी वर्षहरुमा विभिन्न खेलहरुलाई थप प्रभावकारी तरिकाले आयोजना गरिने जनाएको छ।
प्रज्वल स्मृती अध्ययन केन्द्रले आयोजना गरेको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर ४ मा सितरियो करांते , नृत्य र वडा नम्बर ५ मा क्रिकेट खेलको आयोजना गरेको थियो । नृत्यमा १० वटा समुह सहभागी भाएका थिए भने क्रिकेट र कराँतेमा समान ९/९ टिमले भाग लिएका थिए ।
जसमध्य नृत्य प्रतियोगितामा आयोजक टिमले पहिलो र दोस्रो स्थान हाँसिल गरेको छ । त्यस्तै दोस्रोमा महादेवा क्लबले स्थान सुरक्षित गरेको छ भने मध्यनगर नृत्य क्लबले तेस्रो भएको छ । पहिलो हुनेले १० हजार, दोस्रो हुनेले समान ५/५ हजार र तेस्रो हुनेले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै देउखुरी ब्यापी क्रिकेट प्रतियोगितामा राप्तीद्वार युवा क्लब पहिलो भएको छ भने देउखुरी क्रिकेट क्लब लमहीले दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद २० हजार र दोस्रो हुनेले १० हजार पाउनुका साथै मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै कराँते प्रतियोगितामा गँगापरस्पुर डोजो टिम पहिलो हुँदै नगद १० हजार पुरस्कार पाएको छ । त्यस्तै गोबरडिहा डोजो टिम दोस्रो भएर ७ हजार पाएको छ भने तेस्रो हुने सनलाईट डोजो लमहीले ५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा आयोजक टिम र गँगापरस्पुर कराँते डोजो समुहलाई सान्त्वना स्वरुप समान १/१ हजार प्रदान गरिएको छ ।
प्रज्वल स्मृती अध्ययन केन्द्र गढवाका अध्यक्ष मधुसुदन वलीको अध्यक्षता तथा प्राध्यापक रश्मिराज पाण्डेको प्रमुख आतिथ्य एबम् क्रिकेट संघ दाङका पुर्ब अध्यक्ष किशोर चन्द्र गौतमको विशिष्ट आतिथ्यतामा सप्ताहब्यापी प्रतियोगिताको समापन गरिएको हो । प्रतियोगिताका सँयोजक गोबिन्द वलीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा देउखुरी बहुमुखी क्याम्पसका पुर्ब प्रमुख शेषमणी गौतम, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष प्रकाश जिसी, दाङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष किशोर कुमार घर्ती, प्रज्वल स्मृती अध्ययन केन्द्रका सँयोजक प्रदिप राज शर्मा लगायतका मन्तब्य राखेका थिए । कार्यक्रमको सहजिकरण सँस्थाका सदस्य गोबिन्द पौडेलले गरेका थिए ।
समापनको अबसरमा शिक्षा क्षेत्रमा लामो समयदेखी योगदान पुर्याएको भन्दै रामस्वरुप बर्मालाई सम्मान पनि गरिएको थियो । १३ गतेदेखी शुरु भएको विभिन्न खेलकुद सहितको देउखुरीब्यापी प्रतियोगिताको सम्पुर्ण खर्च केन्द्रका संरक्षक प्रदिपराज शर्माले गरेका हुन् ।
क्याटेगोरी : खेलकुद, समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
ताजा अपडेट
- प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
तपाईको प्रतिक्रिया दिनुहोस