Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारदेउखुरीबाट मोटरसाइकल चोरी

देउखुरीबाट मोटरसाइकल चोरी


दाङ्ग – देउखुरीको अमिलिया बाट गएराती पल्सर मोटरसाइकल चोरी भएको छ । तुल्सिपुर उपमहानगर पालिका वडा नम्बर १३ दमारगाउँ घर भइ अमिलियामा मोबाईल पसल गर्दै आएका निमराज विश्वकर्माको रा ६ प २९४६ नम्बरको १२५ सिसि पल्सर मोटरसाइकल चोरी भएको हो ।

घरमै राखेको समयमा राती कति बेला चोरी भयो बिहान उठ्दा मात्र थाह पाए विश्वकर्माले भने । मोटरसाइकल हराएको स्थान बाट इलाका प्रहरी कार्यालय अमिलियाको चेक पोष्ट मात्र सय मिटर छ । उक्त चेक पोष्टमा हरेक समय प्रहरी ड्युटीमै रहेका हुन्छन तर उक्त मोटरसाइकल कति बेला चोरी भयो भन्ने ड्युटीमा बसेका प्रहरीले सुइको समेत पाएनन ।

देउखुरीमा केही दिन यता चोरहरु फेरि सक्रिय हुन थालेको स्थानीयहरुको गुनासो छ । केही दिन अघि मात्र चोरले प्युठानका एक युवालाई लमही घोराही सडक खण्डको बेल्दमारमा लगेर उनी सङ भएको नगद रुपैयाँ लुटेर फरार भएका थिए, त्यस घटनामा सम्लग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिसकेको छ ।

मोटरसाइकल चोरी भएपछी प्रहरीलाई जानकारी गराएको बताउदै खोजी कार्य गरिदिन र चोरलाई कानुनी कारबाही गर्न विश्वकर्माले आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस