Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५औषधि व्यवसायी संघद्वारा राहत बितरण

औषधि व्यवसायी संघद्वारा राहत बितरण


दाङ्ग-नेपाल औषधि ब्यवसायी संघ जिल्ला कार्य समिती दाङले घोराहीको तेरौटेमा रहेको वृद्ध आश्रममा खाद्यान्न तथा फलफुल बितरण गरेको छ ।

संघको जिल्लामा बसेको दोस्रो बैठकले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेका जेष्ठ तथा वृद्धहरुलाई आश्रममै पुगेर ती सामाग्री प्रदान गरेको संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । संघका दाङ जिल्ला अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक क्षेत्रमा पनि केही सेवा गर्नु पर्छ भनेर उक्त कार्य गरेको बताए ।

Image may contain: 8 people, including Madhusudan Pandey, people standing and outdoor

कोरोना कहरमा एक दिन पनि मेडिकल बन्द नगरी आम जनताको सेवामा खटिएकै थियौं र अझै पनि खटिएको बताउदै आफ्नो परिवारसङ्ग अपहेलित भएर बसेका, सडकपेटिमा दैनिक दिन बिताइरहेका जस्ता गरिब,असहाय, अनाथ जस्ता मानिसलाई खोजी खोजी सहयोग गर्नु पर्ने बताए ।

सबै ठाउँमा राज्यको मात्र ध्यान पुग्दैन, मन र धन हुनेले त्यस्ता दीन दुखीलाई सहयोग गरेर केही फरक नपर्ने अध्यक्ष पौडेलको भनाई छ । आगामी दिनमा संघले सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई निरंतरता दिने बताईएको छ । कार्यक्रममा जिल्ला कार्य समितिका सबै पदाधिकारीको उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार, समाज, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस