गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ औषधि व्यवसायी संघद्वारा राहत बितरण औषधि व्यवसायी संघद्वारा राहत बितरण प्रिया स्मृती गजमेर माघ ६, २०७७ गते ११:५० मा प्रकाशित दाङ्ग-नेपाल औषधि ब्यवसायी संघ जिल्ला कार्य समिती दाङले घोराहीको तेरौटेमा रहेको वृद्ध आश्रममा खाद्यान्न तथा फलफुल बितरण गरेको छ ।संघको जिल्लामा बसेको दोस्रो बैठकले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेका जेष्ठ तथा वृद्धहरुलाई आश्रममै पुगेर ती सामाग्री प्रदान गरेको संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिए । संघका दाङ जिल्ला अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकले सामाजिक क्षेत्रमा पनि केही सेवा गर्नु पर्छ भनेर उक्त कार्य गरेको बताए ।कोरोना कहरमा एक दिन पनि मेडिकल बन्द नगरी आम जनताको सेवामा खटिएकै थियौं र अझै पनि खटिएको बताउदै आफ्नो परिवारसङ्ग अपहेलित भएर बसेका, सडकपेटिमा दैनिक दिन बिताइरहेका जस्ता गरिब,असहाय, अनाथ जस्ता मानिसलाई खोजी खोजी सहयोग गर्नु पर्ने बताए ।सबै ठाउँमा राज्यको मात्र ध्यान पुग्दैन, मन र धन हुनेले त्यस्ता दीन दुखीलाई सहयोग गरेर केही फरक नपर्ने अध्यक्ष पौडेलको भनाई छ । आगामी दिनमा संघले सामाजिक क्षेत्रमा यस्ता कार्यक्रमलाई निरंतरता दिने बताईएको छ । कार्यक्रममा जिल्ला कार्य समितिका सबै पदाधिकारीको उपस्थिति रहेको थियो।क्याटेगोरी : समाचार, समाज, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल