Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो

लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो


दाङ्ग – शुक्रवार लमहीमा आयोजित २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सांसद रेवती रमण शर्माले भुकम्पको जोखिमबाट बच्न सबैमा सचेतना फैलाउनु पर्ने बताए ।

No description available.

सरकारले विपद् व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको र तीन तहका सरकारले यसमा दत्तचित्तका साथ् काम गरिरहेको उनको भनाई छ । विपद् बाट हुन सक्ने जिउ धनको क्षति न्यूनीकरण गर्न सबै तहमा चेतनाको स्तर बढाउनुपर्नेमा शर्माको जोड दिए ।

No description available.

लमही नगरपालिकाले आयोजना, सशस्त्र प्रहरी बल नम्बर २९ भालुवाङ्, नम्बर ४१ अर्जुनखोला र नेपाल रेडक्रस सोसाइटी लमही शाखाको प्राविधिक सहयोगमा दाङको लमहीमा २३ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाइएको हो । भुकम्पको जोखिमबाट निम्तिने विपद्बाट कसरी बच्न सकिन्छ र घर आगलागि भएमा उक्त जोखिमबाट कसरी बच्ने विषयमा जनचेतनामुलक सशस्त्र प्रहरीले कार्यक्रममा प्रयोगत्मक डेमो प्रदर्शनी गरेको थियो ।

No description available.

पत्रकार महासंघ दाङ्ग शाखाका उपाध्यक्ष लिला शाहले २०७२ सालको भूकम्पलाई स्मरण गर्दै अब राज्यले आगामी दिनमा सुरक्षित आवासको योजना ल्याउनु पर्ने बताईन । उपाध्यक्ष शाहले नागरिकले सुरक्षित भएर बाँच्न पाउने अधिकारको सरकारले ग्यारेन्टी गर्नु पर्ने बताईन । घर निर्माण गर्दा राज्यले दिएको मापदण्ड पुरा नगर्ने नागरिकलाई कानुनि दायरामा बाध्नु पर्ने उनको भनाई छ ।

No description available.

कार्यक्रममा सघन सहकारी तथा भवन निर्माण आयोजना दाङ्गका प्रमुख सचिन्द्र कुमार देवले भुकम्पबाट बच्नका लागि भवन कुन मापदण्डमा रहेर बनाउनु पर्छ भनि भवन निर्माण बारे जानकारी गराएका थिए ।

No description available.

त्यस्तै जिल्ला प्रशासन कार्यालय दाङ्गका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले भुकम्प दिवसको अवसरमा मात्र नभएर अन्य दिनमा पनि यस्ता कार्यक्रम गरि जनताको जिउ धन जोगाउन आवस्यक छ, यस्ता कार्यक्रम जनता सम्म पुगाउन पगल हुनु पर्ने बताए ।

No description available.

अझै पनि राज्यको मापदण्ड पूरा नगरी भवन निर्माण भएको भन्दै स्थानीय सरकारले कानुनी दायरामा लिन जरुरी रहेको बताए । लमही नगरपालिकाका प्रमुख तथा विपत व्यवस्थापन समितिका संयोजक कुल बहादुर केसीको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद रेवती रमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख देवका बेल्बासेको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको संचालन लमही नगरपालिका वातावरण सरसफाई तथा विपत व्यवस्थापन शाखाकी गायत्री थापाले गरेकी थिइन ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस