Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु

रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु


दाङ्ग-लमही नगरपालिका वडा नम्बर ९ रिहार, तेलिया, कोल्तरा हुँदै च्याउखोला जोड्ने मोटर बाटोको ग्राभल, पक्की नाली र कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।

निर्माण कार्यको जिम्मा लोकमणी कन्ट्रक्सन सेवाले लिएको छ । आगामी वैशाख सम्म काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि माघ महिना तिर काम सक्ने योजनामा रहेको कम्पनीले जनाएको छ । लमही नगरपालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख गरि ५० लाखको बजेटबाट सो काम हुन लागेको लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीले जानकारी दिए ।

No description available.

यो पटक बिनियोजन भएको बजेटबाट ८ सय मिटर ग्राभल, ७ सय मिटर नाली र एक सय मिटर कालोपत्रे हुने केसीले बताए । “अघिल्लो वर्षको बजेटबाट ६ सय मिटर कालोपत्रे भैसकेको छ—यो वर्ष थप एक सय मिटर कालोपत्रे हुँदैछ अब जम्मा ७ सय मिटर कालोपत्रे हुनेछ ।

No description available.

रिहार देखि च्याउखोला सम्मको दुरी चौध किलो मिटर छ । सडक, बाटो, बिजुलीबाट लामो समय सम्म दुःख झेलेका त्यहाँका स्थानीयहरू कालोपत्रे बाटो बन्दै गर्दा उत्साहित त् बनेकै छन् तर सडक निर्माणको कार्य कछुवा गतिमा हुँदा त्यतिक्कै निरास पनि छन ।

No description available.

स्थानिय तहमा जनप्रतिनिधि आएको तिन वर्ष भैसक्यो, एक वर्ष नीति नियम बनाउदैमा बिते पनि दुई वर्षको अवधिमा थोर बहुत काम हुनु पर्थ्यो तर जनताको चाहाना अनुरुप राज्यले विकास गर्न सकेको छैन ।

No description available.

लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीका अनुशार वडाको बजेटबाट ठुला ठुला योजना सम्पन्न गर्न गाह्रो हुन्छ, त्यस्ता योजनाको लागि नगरपालिकामा अनुरोध गर्ने हो नत्र प्रदेश र संघमा बजेटका लागि निवेदन गर्नु पर्छ । यो पटक लमही नगरपालिकाले रिहार देखि च्याउखोला सम्मको सडक बाटो कालोपत्रे गर्नका लागि प्राविधिकबाट नाप जोख गर्ने, डिपिआर गरेर प्रदेश र संघमा पठाउने तयारि भएको वडाध्यक्ष केसीको भनाई छ ।

No description available.

रिहार देखि च्याउ खोला जोड्ने मोटर बाटो कहिले सम्पन्न हुन्छ भनेर त्यहाँका स्थानीय पर्खाईमा छन । यो सडक कालोपत्रे सम्पन्न भएपछी देउखुरीको मुख्य व्यापारिक केन्द्र लमही बजार देखि झन्डै ३०÷३५ किलो मिटरको दुरीमा रहेका तेलिया, कोल्तरा, तरुलियाका स्थानीयले प्रत्यक्ष लाभ लिने छन ।

त्यहाँका किसानले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाउनेछन भने खेतीयोग्य जमिनको मूल्य बढ्ने स्थानीय धन बहादुर विश्वकर्माले विश्वास लिएका छन ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस