Techie IT
×
गृहपृष्ठसमाचारविपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो

विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो


दाङ्ग—विपी कोइराला युवा नेतृत्व विकास मंच लमही नगरपालिका स्तरिय कमिटिले पूर्णता पाएको छ ।

आइतवार लमहीमा बसेको भेलाले थप सदस्यहरु चयन गरि पूर्णता पाएको लमही नगरपालिका स्तरिय कमिटिका संयोजक राजेन्द्र श्रेष्ठले बताए । भेलाले दुई उपसंयोजक एक महासचिव, सचिव, कोषाध्यक्ष सहित एक्काइस जनाको कमिटि गठन गरेको छ ।

उपसंयोजकमा प्रकाश बेल्बासे र केशबराज पोख्रेललाई चयन गरेको छ भने महासचिवमा पूर्ण प्रकाश विश्वकर्मा, सचिवमा भिम बहादुर ओली,र कोषाध्यक्षमा मोतीराम पौडेललाई चयन गरेको छ ।

त्यसै गरि नगरका नौ वटै वडाबाट दुई जना प्रतिनिधि आउने गरेर लमही नगरपालिका स्तरीय कमिटि गठन गरिएको छ । अन्य सदस्यहरुमा विमल कार्की, नरेन्द्र बेल्बासे, निरञ्जन रोका, नबराज खत्री, टोप बहादुर भण्डारी, दया चौधरी, अमित कुमार चौधरी, निरञ्जन सिंह ठकुरी, गोविन्द देबकोटा, पुनाराम चौधरी, प्रेमा चौधरी, र गोकुल मियालाई चयन गरिएको छ । आजै चयन भएका सदस्यहरुले विपिको सिद्दान्तलाई आत्मसाथ गरेर पार्टीलाई सहयोग पुग्ने गरि भूमिका निर्वाह गर्ने बताएका छन ।

आइतवार लमहीमा बसेको भेलाले यहि माघ चौविस गते विपी कोइराला युवा नेतृत्व विकास मंच नगरस्तरीय प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमा गर्नका लागि बिभिन्न उपसमिति समेत गठन गरेको छ । प्रकाश बेल्बासेको संयोजकत्वमा पांच सदस्यीय कार्यक्रम व्यवस्थापन उपसमिति, पूर्ण प्रकाश विश्वकर्माको संयोजकत्वमा पांच जना प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

त्यसैगरी लमही नगरपालिका स्तरीय विपी कोइराला युवा नेतृत्व विकाश कमिटि गठन गर्नका लागि सहयोग गर्ने नेपाली कांग्रेसका नेताहरु, वडाध्यक्ष तथा नेपाली कांग्रेस प्रति आस्था राख्ने सबैलाई विपी कोइराला युवा नेतृत्व विकाश मंच लमही नगरपालिका स्तरिय कमिटिले धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रममा विपी कोइराला युवा नेतृत्व विकाश मंच दाङ्ग क्षेत्र नम्बर १ का संयोजक किरण बिक्रम शाह, देउखुरी बहुमुखी क्याम्पस लमहीका नेवि संघ निवर्तमान सभापति सुमन कालाथोकी लगायतको उपस्थित रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस