गृहपृष्ठ ∕ समाचार ∕ तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत अंकित रावल पुस २५, २०७७ गते २०:४१ मा प्रकाशित दाङ–दाङको तुल्सीपुर स्थित तुल्सीपुर इन्जिनियरिङ कलेजले अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । देउखुरीमा अवस्थित जखेरा तालमा बनभोज कार्यक्रमको आयोजना गरी करिब ६० जना नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।कार्यक्रममा कलेजका सञ्चालक दिपेन्द्र वलीले सम्पुर्ण बिद्यार्थीहरुलाई स्वागत गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत अमृत कँडेलले तुल्सीपुर इन्जिनियरिङको भबिष्यका योजनाहरुको सम्बन्धमा जनकारी गराएका थिए।कँडेलका अनुसार कलेजमा टेलिकम टेक्निसियन, इलेक्ट्रीसियन, कम्प्युटर अपरेटर लगायतका तह-२ प्राबिधिक बिषयहरुमा युवाहरूको आकर्षण छ। एसईई परीक्षामा डी प्लस ग्रेड भन्दा माथी ल्याउनेले सहजरूपमा पढ्न पाउने र पढाइ सकेपछी जागीर पाउन सहज हुने हुनाले यस बिषयमा बिद्यार्थीहरुको आकर्षण बढ्दो छ ।त्यस्तै सञ्चालक वलीले तुल्सीपुर इन्जिनियरिङ कलेजलाई बिश्वास गरेर आएका बिद्यार्थीहरुको भबिष्यलाई सुनिश्चित गर्न कलेजले अहोरात्र खट्नुका साथै प्रयोगात्मक शिक्षाको लागि सोही अनुरुपको वातावरण सिर्जना गर्ने प्रतिबद्धता समेत गरेका थिए। उनले कोर्षको २० प्रतिशत सैद्धान्तिकर ८०% प्रयोगात्मक कक्षाको ब्यबस्था मिलाइएको हुँदा विद्यार्थीलाई पढन र बुझ्न धेरै सहज हुनुका साथै सम्बन्धित बिषयको फिल्डमा महिनामा एक पटक अवलोकन गराइने हुनाले त्यसको उच्च प्रभावकारीता भएको जिकिर गरे ।“सीप,शिक्षा र रोजगारको लागि आजको आबश्यकता गुणस्तरीय प्राबिधिक शिक्षा” भन्ने मूल नाराका साथ स्थापना भएको यस इन्जिनियरिङ कलेजले स्थापना काल देखि नै देखि नै देशकै उत्कृष्ट नतिजा ल्याउदै आएको छ भने अहिलेको यो ब्याज कलेजको चौथो ब्याज हो।विभिन्न संघसंस्थामा आबद्ध ब्यक्ति , समाजसेवी तथा शिक्षाप्रेमी लगायत करीब ९० जनाको सहभागी रहेको उक्त कार्यक्रमको सहजीकरण ज्ञान सञ्चार नेपालका प्रशिक्षक तेज बहादुर डागीले गरेका थिए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम