गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको राजपुरमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा दाङ्गको राजपुरमा माछापुच्छ्रे बैंकको शाखा रहित सेवा प्रिया स्मृती गजमेर पुस २३, २०७७ गते १८:५५ मा प्रकाशित दाङ्ग – देउखुरीको ग्राहकहरुको मागलाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले राजपुर गाउँपालिकामा ग्राहक सेवा केन्द्र अन्तरगर्त शाखा रहित बैङकिङ सेवा शुरु गरेको छ ।बिहिवार एक औपचारिक कार्यक्रमका बिच ग्राहक सेवा केन्द्रको उद्घाटन गरिएको हो । माछापुच्छ्रे बैंक लमही शाखाका प्रमुख मधुसुदन श्रेष्ठको अध्यक्ष तथा राजपुर गाउँपालिकाका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि केसीले गाउँपालिका क्षेत्रमा बित्तीय सेवाको शुरुवात हुनु सकरात्मक रकेको भन्दै खुसी व्यक्त गरे ।उनले पछिल्लो समय धेरैजसो कारोबार बैङकिङ प्रणालीबाट चल्न थालेको भन्दै सुरक्षा, पारदर्शीता र सहजताको लागि बैङकिङ कारोबारबाट सहज हुने पनि बताए । कार्यक्रममा बिशिष्ट अतिथि राजपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्माले स्थानीयलाई आर्थिक कारोबारकोे लागि बैंकको ग्राहक सेवा केन्द्रले सघाउ पुग्ने बताए । कार्यक्रममा माछापुच्छ्रे बैंक केन्द्रिय कार्यालय शाखा रहित सेवाका इन्चार्ज मुकुन्द भट्टराई र बैंकका लुम्विनी प्रदेश प्रमुख नारायण केसीले ग्राहक सेवा केन्द्रको शाखा रहित सेवाबाट पाइने सेवा सुविधाको वारेमा जानकारी गराएका थिए ।कार्यक्रममा समाजसेवी भोगेन्द्र सिंह राजपुत, तुलीराम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । शाखा रहित बैंङकिङ सेवा राजपुरका प्रतिनिधि हरिराज धितालको स्वागत मन्तव्य र कार्यक्रमको सहजीकरण पत्रकार दिवाकर पोख्रेलले गरेका थिए । यसैविच राजपुर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दुर्गा प्रसाद शर्माको खाता खोलेर ग्राहक सेवा केन्द्रको कारोबारको औपचारिक शुरुवात गरिएको छ । ग्रामिण क्षेत्रमा बैंङकिङ सेवा उपलव्ध गराउने नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले पनि आफ्नो सेवालाई गाउँ केन्द्रित गर्न थालेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीसोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्नेहत्या आरोपमा तिन जना पक्राउ धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ३विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ४मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ५४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी