Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५वडा कार्यालयद्वारा एकल महिलालाई न्यानो ब्ल्यांकेट वितरण

वडा कार्यालयद्वारा एकल महिलालाई न्यानो ब्ल्यांकेट वितरण


दाङ्ग—तातो ब्ल्यांकेट पाएपछि लमही नगरपालिका वडा नम्बर ९ कोल्तरा निवासी एकल महिला डण्ड कुमारी कुमालको यो जाडोको सिजन राम्रै संग जाने भएको छ ।

श्रीमान् बितेको केहि वर्ष भएको छ । आर्थिक अवस्था नाजुक भएकी कुमाल, कमाएर दुई चार पैसा दिने कोइ छैन । राज्यले दिने एकल महिला भत्ताबाट घर खर्च चलाउने गर्छिन उनि । जाडोमा न्यानो ब्ल्यांकेट पाएपछि खुशीले सिमा नाघेको छ । श्रीमान् गुमाएकी कुमाल वडाले आफु जस्तै सैयौं एकल महिला प्रति गरेको सम्मानले साँच्चै गर्ब महसुस गरेको बताईन ।

No description available.

लमही नगरपालिका वडा नम्बर ९ स्याँलेकी सरिता कुमालको अवस्था पनि निकै नाजुक छ, जेनतेन साझ बिहान चलेको छ । कमाएर घर ल्याउने मान्छे नै नरहे पछि हाम्रो अवस्था कस्तो होला आफै सोंच्नुस सरिताले भनिन । उनले भनिन “पुस महिनाको कठ्यांग्रिने जाडोमा कसरी रात काटेको छौं त्यो त् हामीलाई मात्र थाह छ” । वडा कार्यालयले एकल महिलाहरुलाई दिएको तातो ब्ल्यांकेट र गलंैचा पाउदा भने उनि निकै खुशी देखिन्छिन । हरेक वर्ष यसै गरि तातो कपडा दिए राम्रै हुन्थ्यो उनले भनिन ।

No description available.

वडा भरि रहेका एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरेर वडा नम्बर ९ ले ब्ल्यांकेट र गलंैचा वितरण गरेको छ । उक्त कार्यक्रममा बोल्दै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले एकल महिलाहरुले एक्लो भैयो भनेर निरास हुन् नपर्ने भन्दै अभिभावाबकका रुपमा जनप्रतिनिधिले साथ् दिने बताईन ।

No description available.

अझै पनि कतिपय मानिसको घरमा जाडोको सिजनमा कष्टकर जीवन बिताउनु पर्ने अवस्था छ, कतिपय मानिसले जाडोका कारण ज्यान गुमाउनु परेको छ, तिनै कुरालाई मध्यनजर गर्दै वडाले न्यानो कपडा वितरणका लागि जुन योजना बनाएर बजेट बिनियोजन गर्यो यो कार्यक्रम निकै स्वागत योग्य छ बेल्बासेले भनिन । लमही नगरपालिका वडा नम्बर ९ ले एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान स्वरुप ब्ल्यांकेट र गलैचा वितरण गर्दै उपप्रमुख बेल्बासेले यस्तो बताईन ।

No description available.

ति मध्ये एक सय सत्र जना एकल र पन्ध्र जना अपांग भएका व्यक्तिलाई एउटा ब्ल्यांकेट र एक वटा गलैचा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७७ मा सोहि कार्यक्रमका लागि वडा नम्बर ९ बाट विनियोजित गरिएको चार लाख रुपैयाँ बजेटले वडाका एकल तथा अपांग १ सय ३२ जनालाई वितरण गरिएको वडा नम्बर ९ का वडाध्यक्ष भेष बहादुर केसीले बताए ।

No description available.

गतवर्ष पनि हामीले करिब एक सय बढीलाई ब्ल्यांकेट बाडेका थियौं र यो कार्यक्रम निरन्तर रहने छ उनले भने । वडा कार्यालयले जाडोको बेला तातो ब्ल्यांकेट वितरण गर्दा एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरु खुशी भएका छन । कार्यक्रममा वडा सदस्य खिम बहादुर योगी लगायतले बोलेका थिए भने वडा सचिव बिन्तीराम चौधरीको स्वागत गरेका थिए ।

No description available.


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस