गाडीले किचेर गम्भीर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु
दाङ्ग -लमही नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने सुनडबरी नर्ती सडक खण्डमा गाडीले किचेर अचेत भएका एक अन्दाजी ४५/५० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। उनको हाल सम्म कुनै परिचय खुल्न सकेको छैन ।
गाडीले किचेर गम्भीर घाइते भएका ति अपरिचित व्यक्तिको घुडा देखि मुनि थिला थिला भएको थियो। समयमा उपचार नपाउँदा र अत्याधिक रक्तास्राब हुँदा घाइतेको ज्यान गएको हुन् सक्ने वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताए ।
हाल सम्म न ज्यान गुमाउने व्यक्तिको पहिचान हुन् सकेको छ न त् उनलाई किच्ने गाडी नै पत्ता लाग्न सकेको छ। जीवन र मृत्यु संग लडी रहेका ति घाइते व्यक्तिलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्ल सहितको टोलीले उद्दार गरि लमही अस्पताल पुर्याएको थियो ।
लमही अस्पतालमा सामान्य उपचार त् भयो तर घाइतेको अबस्था जटिल भएको भन्दै लमही अस्पतालले उपचारका लागि अन्यत्र लैजान भन्यो। बेवारिसे अबस्थामा रहेका ति व्यक्तिको न आफन्त सम्पर्कमा आए, न उनको पहिचान हुन् सक्यो। लमही अस्पतालको आपतकालिन कक्षमा अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई उपचारका लागि अन्यत्र लैजाने कोहि भएन।
अस्पतालमा खटिएका सुरक्षाकर्मी रोसन थापा मगर निकै अतालिएका थिए। अर्धचेत अबस्थामा रहेका ति व्यक्तिलाई समयमै सुबिधा सम्पन्न अस्पताल पुराउन सकेको भए सायद बचाउन सकिन्थ्यो कि थापाले भने।
घाइतेको आफन्त सम्पर्कमा आउन नसके पछि लमही नगरपालिकाको सहयोगमा घाइतेलाई उपचारका लागि नेपालगंज रिफर गरिएको थ्यो तर त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस