Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५गाडीले किच्दा गम्भीर घाइते

गाडीले किच्दा गम्भीर घाइते


दाङ्ग –लमही नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने सुनडबरी नर्ती सडक खण्डमा गाडीले किचेर अचेत भएका एक अन्दाजी ४५/५० वर्षका पुरुष घाइते अवस्थमा फेला परेका छन ।

उनको हाल सम्म कुनै परिचय खुल्न सकेको छैन । घटना कति बेला घट्यो त्यो ठ्याक्कै थाह भएन तर हामीले बिहान ६ बजे मात्र सुचना पाएर म सहित हाम्रो टोलि त्यहाँ पुगेर घाइतेलाई लमही अस्पतालमा पुर्याएका हौं वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले जानकारी दिए ।

घुडा देखि तल दुबै खुट्टा किचिएर काट्नु पर्ने अवस्थामा रहेको अस्पतालले जानकारी दिएको छ । घाइतेको अवस्था अत्यन्तै नाजुक छ । घाइतेको आफन्त सम्पर्कमा आउन नसके पछि लमही नगरपालिकाको सहयोगमा घाइतेलाई उपचारका लागि दाङको घोराही स्थित राप्ती बिज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस