गृहपृष्ठ ∕ समाचार ∕ पुस १३ गतेको प्रदशर्नमा सहभागि हुन दलित संघको आग्रह पुस १३ गतेको प्रदशर्नमा सहभागि हुन दलित संघको आग्रह प्रिया स्मृती गजमेर पुस ११, २०७७ गते १८:४८ मा प्रकाशित दाङ्ग – नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा विघटनको विरोधमा यहि पुुस १३ गते कांग्रेसले गर्न लागेको प्रर्दशनमा सहभागि हुन सबैमा अपिल गरेको छ ।लमहीमा आज शनिबार बसेको बैठकले संसद विघटन र सरकारका पछिल्ला कदमबारे देशव्यापी रुपमा गर्न लागिएको विरोध प्रर्दशनमा सहभागी हुन सबै नागरिकलाई आग्रह गरेको हो ।सरकार पछिल्लो समय जनताका भन्दा पनि आफ्ना समस्यामा बढी केन्द्रीत भएको संघको बैठकले निश्कर्षसमेत निकालेको छ । बैठकले नेतृत्वमा सत्ता मोह र नेकपामा देखिएको प्रवृतिका कारण जनताले समस्या भोग्नुपरेको निष्कर्ष निकाल्दै खबरदारीका लागि जनताको साथ आवश्यक रहेको निष्कर्ष निकालेको छ ।कोरोना महामारीमा सरकार गम्भिर हुन नसकेको, अनियमितता र भ्रष्टाचार मौलाएकोले जनता अहिले सडकमा आउनुपरेको भन्दै संघले देशमा सुशासन कायम हुन नसकेको बताएको छ ।नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ का सभापति प्रवल रसाइली, महाधिवेशन प्रतिनिधि तारा नेपाली, दलित संघ क्षेत्र नम्बर १ निवर्तमान अध्यक्ष चन्द्र नेपाली, नेपाल दलित विद्यार्थी संघका जिल्ला अध्यक्ष कलसिंङ विक, लगायतले नागरिक अहिले पनि रोग र भोकमा छट्पटाउन बाध्य पारिएको भन्दै पुस १३ गतेको दिन देशव्यापी रुपमा हुन लागेको विरोध प्रर्दशनमा सहभागिता लागि सबैमा आग्रह गरेका छन।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट