Techie IT
×
गृहपृष्ठखेलकुददाङ्गको लमहीमा शनिवार देखि प्रधानमन्त्री क्रिकेट प्रतियोगिता शुरु हुँदै

दाङ्गको लमहीमा शनिवार देखि प्रधानमन्त्री क्रिकेट प्रतियोगिता शुरु हुँदै


दाङ्ग – देउखुरीको लमही स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा शनिवार देखि प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट खेलकुद प्रतियोगिता शुरु हुँदै छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम लमहीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो ।

 

शनिवार देखि सुरु हुन लागेको खेलकुद प्रतियोगितामा आठ वटा समुह समाबेश भएका छन् । जसमध्ये सात वटा प्रदेश र एउटा विभागिय ए.पि.एफ (सशस्त्र प्रहरी बल) समुहले उक्त खेलकुद प्रतियोगितामा भाग लिएको नेपाल क्रिकेट संघ टेक्निकल कमिटीका लुम्बिनी प्रदेश संयोजक सचिव संजय गूरूङले बताए ।

 

उनका अनुसार एघार गते आज विहान पहिलो चरणमा लुम्बिनी प्रदेश समुह र दुई नम्बर प्रदेश समुह विच खेलकुद प्रतियोगिता रहने छ भने, सोहि दिन दिउँसो ए.पि.एफ (सशस्त्र प्रहरी बल) समुह र कर्णाली प्रदेश समुह विच क्रिकेट खेलकुद प्रतियोगिता हुने छ । यस्तै बाह्र गते विहान लुम्बिनी प्रदेश समूह र कर्णाली प्रदेश समुह विच खेलकुद प्रतियोगिता हुनेछ भने, सोहि दिन दिउँसो ए.पि.एफ (सशस्त्र प्रहरी बल) समुह र दुई नम्बर प्रदेश समुह विच खेलकुद प्रतियोगिता हुने नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।

 

यस्तै तेह्र गते विहान प्रदेश नम्बर दुई समूह र कर्णाली प्रदेश समुह विच खेलकुद प्रतियोगिता हुनेछ भने सोहि दिन दिउँसो ए.पि.एफ (सशस्त्र प्रहरी बल) समुह र लुम्बिनी प्रदेश समूह विच खेलकुद प्रतियोगिता हुनेछ । यस्तै चौध गते विहान सुदुरपश्चिम समुह र गण्डकी प्रदेश समूह विच खेलकुद हुनेछ भने सोहि दिन दिउँसो बागमती प्रदेश समुह र प्रदेश नम्बर एक समूह विच खेलकुद प्रतियोगिता हुने छ ।

 

पन्ध्र गते विहान सुदुरपश्चिम समूह र प्रदेश नम्बर एक समूह विच खेलकुद प्रतियोगिता हुनेछ भने, सोहि दिन दिउँसो बागमती प्रदेश समूह र गण्डकी प्रदेश समुह विच खेलकुद प्रतियोगिता हुनेछ । यस्तै सोह्रगते विहान सुदुरपश्चिम प्रदेश समुह र बागमती प्रदेश समूह विच खेलकुद प्रतियोगिता हुनेछ भने, सोहि दिन दिउँसो गण्डकी प्रदेश समूह र एक नम्बर प्रदेश समूह विच खेल हुनेछ । यस्तै सत्रगते विश्राम लिने र अठार गते दुईवटा सेमिफाइनल खेलकुद प्रतियोगिता हुनेछ भने उन्नाइस गते फाइनल खेलकुद प्रतियोगिता हुने छ ।

प्रतियोगितामा लक्ष्मणनाथ योगी, नरेश थापा, दिलिप कुमार अग्रहरी, भाष्कर अर्याल, रविन्द्र गुप्ता, इनामुदिन हलवाई, राजेन्द्र मानन्धर, धिरज पौडेल एम्पायर रहने छन भने, स्कोररमा सुनिता नेपाली, नुरेन अनसारी र मेहेबुव रिजा रहने छन् ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस