Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५प्रधानाध्यापकद्वारा शिक्षिका माथि अभद्र ब्यबहार

प्रधानाध्यापकद्वारा शिक्षिका माथि अभद्र ब्यबहार


दाङ्ग – राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित माध्यामिक विद्यालय सिक्टामा वाल विकाशमा अध्यायापन गराउने शिक्षिका बिशाल खत्री माथि सोहि विद्यालयका प्रधानाध्यापक बिष्णु खत्रीले दुर्ब्यबहार गरेको पाईएको छ ।

पुस ५ गते बिहानको समयमा शिसु कक्षामा वालबालिकाहरुलाई पठन पाठन गराई रहेको बेला प्रधानाध्यापक खत्रीले विद्यार्थीको हाजिरी रजिष्टर खोस्दै तलाई यो विद्यालयमा पढाउने अधिकार छैन भन्दै हातपात समेत गरेर कक्षाकोठा बाट बाहिर निकालेको पिडित शिक्षिका बिशाल खत्रीको भनाई छ । प्रधानाध्यापक खत्रीबाट पिडित बनेकी शिक्षिका विशालले मंगलवार लमहीमा पत्रकार सम्मेलन गरेर जानकारी दिदै न्यायको माग गरेकी छन ।

केहि महिना अघि विद्यालय व्यवस्थापन समितिले विद्यालयमा अध्ययन गर्ने वालबालिका र शिक्षक शिक्षिका कसैले पनि कपालमा रातो मेहेन्दी नलगाउने भनेर निर्णय गरेका थिए, तर शिक्षिका विशालले आफ्नो टाउकाको समस्याका कारण कपालमा हल्का रातो मेहेन्दी लगाएको बताईन । प्रधानाध्यापक खत्री सोहि बिषयलाई लिएर केहि बेर बादविवाद गरेका थिए । केहि बेर सामान्य विवाद भएपछी शिक्षिका बिशाल कक्षाकोठा तिर लागेकी थिइन । शिक्षिका कक्षा कोठामा पुगेको केहि बेरमै प्रधानाध्यापक खत्री पछी पछी गएर हेडसरले भनेको नमान्ने त् को होस् ? तलाई यहाँ पढाउने अधिकार छैन, तलाई तुरुन्तै बर्खास्त गर्छु भन्दै लछार पछार गरेको पिडित विशालको भनाई छ ।

विद्यालयमा घटना घटी सकेपछि पिडित गाउँपालिकाको न्यायिक समिति, शिक्षा शाखा हुँदै प्रहरी सम्म पुगेको बताउछिन । गाउँपालिकाको न्यायिक समितिले त्यस प्रकारको मुद्दा हेर्ने अधिकार नभएकोले प्रहरीकोमा जान सुझाब दिएको राजपुर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक धनपती यादवले बताईन । पिडितले न्यायिक समितिले देखाएको बाटो पच्छ्याउदै इलाका प्रहरी कार्यालय गढवामा पुगेर जाहेरी दिएको जानकारी दिएकी छन ।

जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापक खत्रीलाई नियन्त्रणमा लिएको छ । जस अनुशार पिडक खत्रीलाई जिल्ला प्रशासन कार्यालय दाङ्गबाट म्याद थप भएर अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले बताए ।

खत्रीले अध्यायापन गराई रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ कै बनकट्टी स्थित सुर्योदय प्राथमिक विद्यालयमा विद्यार्थी संख्या घटेर विद्यालय बन्द गर्नु पर्ने स्थिति आयो, त्यहाँ कार्यरत तिन जना शिक्षक मध्ये एक जना माध्यामिक विद्यालय सालाभौरी र खत्री सहित उनकी श्रीमतीलाई राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टा काजमा पठाएको थियो ।

सिक्टाबाट बनकट्टी स्थित सुर्योदय प्राथमिक विद्यालयमा काज फिर्ता गर्न खोज्दा त्यहाँका स्थानीयले विरोध गरेपछि काज फिर्ता नगरेको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । त्यसपछि माध्यामिक विद्यालय सिक्टाका विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बदमासी गरेर अवैधानिक तरिकाले त्यस विद्यालयको प्रधानाध्यापकको जिम्मा दिएको अध्यक्ष केसीले बताए ।

जसका कारण त्यस विद्यालयमा पटक पटक विवाद उत्पन्न हुँदै आएको छ । यता प्रहरी हिरासतमा रहेका प्रधानाध्यापक बिष्णु खत्री अनुशंधानमै भएका कारण सम्पर्क हुन् सकेको छैन ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस