Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचार६९ वर्षीया हजुरआमा पनि एसईई परीक्षामा पास

६९ वर्षीया हजुरआमा पनि एसईई परीक्षामा पास


काठमाडौं । पढाईलाई उमेरले छेक्दैन भन्ने उदाहारण हालै देखिएको छ । ६९ बर्ष को उमेरमा एसइई दिएकी युग माया कार्कीले उक्त कुरालाई प्रष्ट पार्नुभएको छ ।  उहाँ डी प्लस ग्रेड सहित उतिर्ण हुनु भएको छ ।

ओखलढुंगा लिखु गाउँपालिका घर भई हाल भक्तपुरको ६९ वर्षीया गोठाटार बस्ने कार्कीले नातिसँगै एसइई परीक्षा दिनु भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन् । यस्तै, ४८ हजार ९६० ले ए जीपीए ल्याएका छन् । जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन् । यस्तै, ६० हजार ७०६ जनाले बी प्लस जीपीए ल्याए । जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्रा छन्। ९७ हजार २९९ ले सी प्लस ल्याए। जसमा ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० रहेको परीक्षा बोर्डले जनाएको छ। सी जीपीए ल्याउने ९५ हजार २ सय ९ जनता छन्। जसमा ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्रा छन् ।

४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याए। जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । चार हजार ४२९ जनाले डी जीपीए ल्याए । जसमा १८६६ छात्र र २५६३ छात्रा छन्। गत चैतमा भएको परीक्षामा टेक्निलकलतर्फ चार लाख ५९ हजार २७५ ले परीक्षामा सहभागीता जनाएका थिए। परीक्षामा छात्रतर्फ दुई लाख ३० हजार १४१ र छात्रातर्फ दुई लाख २९ हजार १३४ ले भाग लिएको परीक्षा बोर्डले जनाएको छ।गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा बिहीबार सावर्जनिक भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस