Techie IT
×
गृहपृष्ठसमाचारकेन्द्रको कुरालाई लिएर तल्लो तहमा झगडा नगरौं — केन्द्रिय सदस्य घिमिरे

केन्द्रको कुरालाई लिएर तल्लो तहमा झगडा नगरौं — केन्द्रिय सदस्य घिमिरे


दाङ्ग – नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा पुर्व सांसद कृष्ण किशोर घिमिरेले केन्द्रको कुरालाई लिएर तल्लो तहमा झगडा गर्दै नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन ।

नेपाली कांग्रेस दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ ले दाङ्गको लमहीमा आयोजना गरेको संगठन सुदृढीकरणका लागि कार्यकर्ता तथा छलफल अन्तरक्रिया कार्यक्रमा यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले पार्टीलाई मजबुत बनाएर लैजान्छु, संगठनलाई बलियो बनाउछु भन्ने र प्रतिस्पर्धा गर्न खोज्नेलाई रोक तोक नगर्न समेत आफ्ना कार्यकर्तालाई बताएका छन ।

No description available.

राणाकालीन समय देखि काङ्ग्रेसले जनताको पक्षमा लड्दै आएको उल्लेख गर्दै जस्ले राम्रो काम गर्छ उसैलाई जनताले रोज्न पाउनु पर्ने धारणा राखे । काङ्ग्रेस पनि सत्तामा भएको बेला देशमा विकास गरेकै हो, काङ्ग्रेसले सरकारमा भएको बेला के गर्यो भनेर अहिले जुन कुप्रचार चल्ने गरेको छ त्यो सुन्दा अचम्म लाग्छ उनले भने । कार्यक्रममा बोल्दै प्रमुख अतिथी घिमिरेले आफू भन्दा अघि सांसद बनेका बर्तमान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको गाउँको कुलो पनि आफू सांसद भएको बेला बनाएको बताए ।

Image may contain: one or more people and people sitting

 

त्यस्तै नेपाली कांग्रेसकी नेतृ तथा समानुपातिक सांसद विमला नेपालीले पार्टी भित्रका गल्ती कमि कमजोरीलाई मुख्य एजेन्डा बनाएर केन्द्रमा लैजानु पर्ने बताईन । हिजका दिनमा भएका कमजोरीलाई आत्मसात गर्न आवस्यक भएको बताउदै जहाँ दलित, जनजाती आदिवासीको सम्मान हुन्छ त्यहाँ काङ्ग्रेस बलियो हुन्छ नेपालीले भनिन ।

त्यस्तै नेपाली कांग्रेस दाङ्गका सभापति किर्ती बहादुर खड्काले पार्टीको क्रियाशिल प्राप्त गरे पश्चात मैले के गरे वा पार्टीलाई के दिए भन्ने कुराको दायित्वबोध हुन् आवश्यक भएको बताए । हामीले गरेका कमीकमजोरीको क्षमा यचना गर्न सक्नु पर्ने प्रवृत्तिको विकास गर्न सिक्नु पर्छ सभापति खड्काले भने । हत्या, आतंक र बलात्कारी सत्तामा बस्नु पर्ने जो प्रजातन्त्रबादी हो उ चाहिँ निरही भएर बस्नु पर्ने अवस्था आएको भन्दै नेकपा फुटेर सत्तामा पुग्ने सपना काङ्ग्रेसले देख्न नहुने बताए । वास्तविक प्रजातन्त्रबादी भएको कारण कम्युनिस्टलाई परास्त गरि जनताको मन जितेर मात्र सत्तामा पुग्नु पर्ने उनको भनाई छ ।

Image may contain: 1 person, sitting

नेपाली कांग्रेस दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षता तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा पुर्व सांसद कृष्ण किशोर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङ्गका पुर्व जिल्ला सभापति मोहन ओली, जिल्ला सचिव शंकर प्रसाद डाँगी लगायतले बोलेका थिए ।

 

कार्यक्रमामा नेपाली कांग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत, कर्ण बहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णलाई क्षेत्रीय सचिव चुडामणी आचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन अर्का सचिव हरिहर शर्मा घिमिरेले गरेका थिए ।

विपी स्मृति भवनको निर्माण कार्य समय मै सम्पन्न हुन्छ — सभापति पाण्डे

दाङ्गको लमहीमा निर्माणाधीन विपी स्मृति भवन समयमै सम्पन्न हुने गरि निर्माण कार्य भैरहेको नेपाली कांग्रेस दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।

No description available.

लकडाउनले केहि समय निर्माण कार्यमा बाधा पुर्याएको हो, कहिले सिमेन्ट नपाईने कहिले सरिया नपाउने त् कहिले कामदार समयमा न आउदा काम सुस्त भएको थियो अब कामले तिब्रता पाएको छ सभापति पाण्डेले भने । अहिले सम्म बिभिन्न माध्ययमबाट करिब ३४ लाख रुपैयाँ संकलन भएको छ भने हाल सम्म ६० लाख रुपैयाँ खर्च भैसकेको छ । उक्त भवनको शिलान्यास नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले गरेका थिए ।

No description available.

त्यसै गरि दिवंगत नेपाली कांग्रेसका नेता ÷पुर्व मंत्री खुम बहादुर खड्काको शालिक निर्माणका लागि अहिले सम्म बिभिन्न व्यक्तिबाट झन्डै ८ लाख रुपैयाँ संकलन भएको छ भने साढे ६ लाख रुपैयाँ खर्च भैसकेको छ ।

पन्ध्र लाख रुपैयाँमा खड्काको शालिक निर्माणमा सम्पन्न हुने गरि काम थालिने सभापति पाण्डेको भनाई छ । दिवंगत नेता खड्काको शालिक लमही नगरपालिका वडा नम्बर ९ को अमिलिया चोकमा निर्माण हुने भएको छ । कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले शिलान्यास गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस