Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारप्रचण्डको आपत्तिपछि संवैधानिक परिषदको बैठक स्थगित

प्रचण्डको आपत्तिपछि संवैधानिक परिषदको बैठक स्थगित


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए ।

तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ ।

संवैधानिक परिषदको बैठक स्थगित भएको जानकारी आएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस