गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल दाङ्गको राप्ती गाउँपालिका र गढवा जोड्ने नेपालकै तेस्रो लामो झोलुङ्गे पुल प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:१९ मा प्रकाशित दाङ — नेपालको तेस्रो लामो झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ ।दाङ देउखुरी राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने उक्त पुलको काम सुरु भएदेखि गाउँका स्थानीयलाई आवतजावतमा सहज हुने भएको छ । पुल निर्माणको काम सम्पन्न भएपछि राप्ती गाउँपालिका अन्तरगत कुररिया, मसुरिया, कटाहा, बसन्तपुर र गढवा गाउँपालिका अन्र्तगत पत्रिङ्गा, बडहडा , बनघुस्री, जेठानगाउँका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन ।त्यस क्षेत्रमा पुल नहुँदा स्थानियलाई लमही गढवा हुदै गाउँमा जानुपर्ने बाध्यता रहेको थियो भने पुल निर्माण पश्चात् उक्त समस्या अन्त्य हुनेछ । नेपालको पहिलो झोलुङ्गे पुल महेन्द्रनगर देखि पश्चिम चाँदनी दोधारामा रहेको छ भने दोस्रो इलाममा र तेस्रो दाङमा हुनेछ । यस पुलको लम्बाई आठ सय अठार मिटर लामो हुनेछ ।तिन वर्ष भित्र निर्माण सम्पन्न सक्ने गरि थानि निर्माण सेवा गौशाला काठमाडौले जिम्मा लिएको छ । तराई मधेस कार्यक्रम अन्र्तगत दस करोड २७ लाखमा डेण्डर भई आठ करोड २७ लाखमा निर्माण कम्पनीले सम्झौता गरेको छ । दाङ्ग निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद मेटमणी चौधरीले उक्त पुलको स्थलगत अवलोकन तथा निरिक्षण गरेका छन् । निर्वाचनका बेला आफुले जनतालाई दिएको आश्वासन बिस्तारै पुरा गर्दै जाने सांसद चौधरीले बताएका छन ।नेपालको तेस्रो झोलुङ्गे पुलको निरिक्षण गर्दै सांसद चौधरीले योजनाको काम समयमा सम्पन्न गर्न निर्देशन दिएका छन । काम गर्ने क्रममा आइपर्ने समस्या बारे स्थानीयसंग समन्वय गरेर कामलाई तिब्रता दिन आग्रह गरे । यस्तै प्रगन्ना सिंचाई प्रणालीको कार्यालय भवनको स्थलगत निरिक्षण तथा अनुगमन पनि गरेका छन् ।निर्वाचन क्षेत्र विकास कोषको पचाँस लाख बजेटबाट निर्माण भइरहेको डेर कठ्ठा जग्गामा आठ कोठे पक्कि भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप