गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:०९ मा प्रकाशित दाङ्ग —राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ मा बिस दिने डल कुसन बनाउने तालिमको बुधवार समापन भएको छ ।तालिमको समापन गर्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले पिछडा वर्गको आर्थिक स्थिति बलियो बनाउन यो तालिमको आयोजना गरेको बताईन । “हरेक कुरामा पछि परेको समुदायका लागि केहि न केहि सिप सिकेर घर खर्च चलाउन मद्दत गरोस, कमसेकम अरुको आश गर्न नपरोस भन्ने गाउँपालिकाको चाहाना हो ” उपाध्यक्ष यादवले भनिन ।यहि आर्थिक वर्षमा गाउँपालिकाको महिला बालबालिका शाखाले केहि रकम छुट्याएको थियो सोहि रकमबाट यो तालिम गराएका हौँ उनले भनिन । यत्ति तालिमले मात्र नहुने भन्दै आगामी बजेटबाट पनि यस्तै तालिमको आयोजना गरेर पिछडा बर्गका समुदायलाई आत्मनिर्भर बनाउने योजना रहेको छ उपाध्यक्ष यादवले भनिन ।तालिममा त्यस समुदायका करिब पन्ध्र जनाको सहभागिता रहेको थियो । राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम कुमारी हरिजनको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाकी परिचालिका कमला पुलामीले गरेकी थिइन् भने तालिमको प्रशिक्षकमा संजु चौधरी रहेकी थिइन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल