गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:०९ मा प्रकाशित दाङ्ग —राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ मा बिस दिने डल कुसन बनाउने तालिमको बुधवार समापन भएको छ ।तालिमको समापन गर्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले पिछडा वर्गको आर्थिक स्थिति बलियो बनाउन यो तालिमको आयोजना गरेको बताईन । “हरेक कुरामा पछि परेको समुदायका लागि केहि न केहि सिप सिकेर घर खर्च चलाउन मद्दत गरोस, कमसेकम अरुको आश गर्न नपरोस भन्ने गाउँपालिकाको चाहाना हो ” उपाध्यक्ष यादवले भनिन ।यहि आर्थिक वर्षमा गाउँपालिकाको महिला बालबालिका शाखाले केहि रकम छुट्याएको थियो सोहि रकमबाट यो तालिम गराएका हौँ उनले भनिन । यत्ति तालिमले मात्र नहुने भन्दै आगामी बजेटबाट पनि यस्तै तालिमको आयोजना गरेर पिछडा बर्गका समुदायलाई आत्मनिर्भर बनाउने योजना रहेको छ उपाध्यक्ष यादवले भनिन ।तालिममा त्यस समुदायका करिब पन्ध्र जनाको सहभागिता रहेको थियो । राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम कुमारी हरिजनको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाकी परिचालिका कमला पुलामीले गरेकी थिइन् भने तालिमको प्रशिक्षकमा संजु चौधरी रहेकी थिइन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम