गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव सिप सिकाएर आत्मनिर्भर बनाउने हाम्रो चाहाना —उपाध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस १, २०७७ गते १८:०९ मा प्रकाशित दाङ्ग —राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नम्बर ४ मा बिस दिने डल कुसन बनाउने तालिमको बुधवार समापन भएको छ ।तालिमको समापन गर्दै राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवले पिछडा वर्गको आर्थिक स्थिति बलियो बनाउन यो तालिमको आयोजना गरेको बताईन । “हरेक कुरामा पछि परेको समुदायका लागि केहि न केहि सिप सिकेर घर खर्च चलाउन मद्दत गरोस, कमसेकम अरुको आश गर्न नपरोस भन्ने गाउँपालिकाको चाहाना हो ” उपाध्यक्ष यादवले भनिन ।यहि आर्थिक वर्षमा गाउँपालिकाको महिला बालबालिका शाखाले केहि रकम छुट्याएको थियो सोहि रकमबाट यो तालिम गराएका हौँ उनले भनिन । यत्ति तालिमले मात्र नहुने भन्दै आगामी बजेटबाट पनि यस्तै तालिमको आयोजना गरेर पिछडा बर्गका समुदायलाई आत्मनिर्भर बनाउने योजना रहेको छ उपाध्यक्ष यादवले भनिन ।तालिममा त्यस समुदायका करिब पन्ध्र जनाको सहभागिता रहेको थियो । राजपुर गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम कुमारी हरिजनको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती यादवको प्रमुख आतिथ्यमा तालिमको समापन भएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखाकी परिचालिका कमला पुलामीले गरेकी थिइन् भने तालिमको प्रशिक्षकमा संजु चौधरी रहेकी थिइन ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट