गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते प्रिया स्मृती गजमेर मंसीर २७, २०७७ गते १७:१५ मा प्रकाशित दाङ्ग – देउखुरीमा मोटसाइकल र टेक्टर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । लमही देखि गढवा तर्फ जादै गरेको रा २ प २७५० नम्बरको मोटरसाइकल र गढवा देखि लमही आउंदै गरेको लु २ त १८४८ नम्बरको टेक्टरसंग लमही नगरपालिका वडा नम्बर ३ भुरिपुर भन्ने स्थानमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ५ निवासी १७ वर्षीय शेखर डिसी र सोहि वडा निवासी नेहा डिसी घाइते भएका छन् । उनीहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । उक्त स्थानमा केहि दिन यता दैनिक जसो दुर्घटना भैरहेको छ । सोहि स्थानमा शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थी गम्भीर घाइते भएका थिए ति घाइते मध्ये एक जनाको मृत्यु भैसकेको छ भने अर्का घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।“आज शनिवार भएको दुर्घटना स्थल साघुरो छ, अर्को कुरा नयाँ बाटो भएका कारण चालकले सवारी साधनको गति तिब्र पार्छन र नियन्त्रण गुमाउछन अनि दुर्घटना हुन्छ” वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुराण मल्लले भने । टेक्टर चालकलाई वडा प्रहरी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्तीसन्दीपमाथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्