गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते मोटरसाइकल टेक्टर संग ठोक्किदा दुई जना घाइते प्रिया स्मृती गजमेर मंसीर २७, २०७७ गते १७:१५ मा प्रकाशित दाङ्ग – देउखुरीमा मोटसाइकल र टेक्टर एक आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् । लमही देखि गढवा तर्फ जादै गरेको रा २ प २७५० नम्बरको मोटरसाइकल र गढवा देखि लमही आउंदै गरेको लु २ त १८४८ नम्बरको टेक्टरसंग लमही नगरपालिका वडा नम्बर ३ भुरिपुर भन्ने स्थानमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ५ निवासी १७ वर्षीय शेखर डिसी र सोहि वडा निवासी नेहा डिसी घाइते भएका छन् । उनीहरुको अहिले लमही अस्पतालमा उपचार भैरहेको छ । उक्त स्थानमा केहि दिन यता दैनिक जसो दुर्घटना भैरहेको छ । सोहि स्थानमा शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थी गम्भीर घाइते भएका थिए ति घाइते मध्ये एक जनाको मृत्यु भैसकेको छ भने अर्का घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।“आज शनिवार भएको दुर्घटना स्थल साघुरो छ, अर्को कुरा नयाँ बाटो भएका कारण चालकले सवारी साधनको गति तिब्र पार्छन र नियन्त्रण गुमाउछन अनि दुर्घटना हुन्छ” वडा प्रहरी कार्यालय लमहीका निमित्त प्रमुख पुराण मल्लले भने । टेक्टर चालकलाई वडा प्रहरी कार्यालय प्रहरीले नियन्त्रणमा लिएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप