Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा दुई विद्यार्थी गम्भीर घाइते


दाङ्ग – देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन । लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर नजिक सडकका पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त मोटरसाइकलको गति अत्याधिक तिब्र भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घाइते हुनेमा गढवा गाउँपालिका वडा नम्बर ३ वर्ष अन्दाजी १८/१९ का मनोज अधिकारी र गढवा ४ गङ्गापरसपुर वर्ष १८/१९ का प्रबिन कार्की रहेका छन । लमही देखि गढवा तर्फ जाँदै गर्दा उनिहरु सवार रहेको लु ५३ प २१३७ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो सवा दुई बजे तिर दुर्घटना भएको हो ।

कार्की र अधिकारी दुबै लमही स्थित रोजि बड्स बालबाटिका इङ्लिस बोर्डिङ स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन । लमही अस्पताल स्रोतका अनुशार दुबैको अवस्था गम्भीर रहेको छ ।

अधिकारीको टाउकोमा गहिरो चोट लागेको छ भने कार्कीको निधार, खुट्टामा चोट लागेको छ । दुर्घटनामा घाइते भएका दुबै जनाको लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज रिफर गरिएको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस