Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५मजदुरी छोडेर तरकारी खेतीमा रमाउदै भूमिहीन किसान महिलाहरु

मजदुरी छोडेर तरकारी खेतीमा रमाउदै भूमिहीन किसान महिलाहरु


दाङ्ग – देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ धर्मपुर निवासी सरिता चौधरी भूमिहीन किसान हुन । उनको बस्नका लागि सानो घर बाहेक केहि पनि छैन ।

ज्यालादारी काम गर्नका लागि कहिले बुटवल पुग्थिन त् कहिले काठमाण्डौ । बालबच्चा बोकेर ज्यालादारी काम गर्न गए पनि भनेको समयमा ठेकेदारले पैसा नदिंदा झनै समस्यामा झेल्नु पर्थ्यो । तर अहिले उनको दैनिकी बदलिएको छ । सरिता अहिले व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेको छिन । एक वर्ष पहिले सम्म उनको घरको आर्थिक अवस्था निकै नाजुक थियो, अहिले दुई चार पैसाको लागि अर्काको मुख ताक्न नपर्ने भएको छ । शुरुको लटमा दश देखि पन्ध्र हजार सम्मको टिपीएस आलु विक्री गरेको बताईन । आलु संगै बन्दा गोभी, काउली, टमाटर लगायतका तरकारी छन् उनको बारीमा । सरिताको पांच जनाको परिवार छ । श्रीमानले पेन्टरको काम गर्छन । एउटा छोराले कक्षा सात र अर्को छोराले कक्षा आठमा पढ्छन ।

No description available.

सरिता जस्तै विन्दु चौधरी पनि भूमिहीन किसान हुन्। श्रीमान् मजदुरी गर्छन । खेतीपातीको सिजनमा अधिया बटैया गर्ने, त्यसपछि घर निर्माणको काममा जाने, इट्टा भट्टामा जाने गर्दथे । अहिले दुवै जना घरकै काममा व्यस्त हुन्छन । शुरुको लटमा विन्दुले दश हजारको मात्र आलु विक्री गरेको बताईन । हामी जग्गा जमिन नभएका गरिबलाई सहयोग त् भयो तर तरकारी फलाएर बजार लैजानका लागि गाडी नहुँदा दुख पाएका छौं अनि सिंचाईको पनि त्यस्तै समस्या छ विन्दुले भनिन । उनीहरुले फलाएको तरकारी गढवा बजारमै खपत भैरहेको छ तर ठुलो बजार सम्म पुर्याउने सके भनेको मुल्यमा विक्री गर्न सकिन्थ्यो कि भन्ने उनीहरुको अपेक्षा छ ।

No description available.

सोसाईटी वेलफेयर एक्सन नेपाल अन्तर्गतको पावर प्रोजेक्ट कार्यक्रमले दाङ्गको राप्ती गाउँपालिका वडा नम्बर ६ र ७ त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ४ र ५ का भूमिहीन किसानलाई संगठित गरेर किसान समुह गठन गरिदिएको छ । गढवा गाऊँपालिका वडा नम्बर ४ पर्सामा पन्ध्र कट्ठा र वडा नम्बर ५ धर्मपुरमा उन्तिस कट्ठा जग्गा भाडामा लिएर किसानलाई तरकारी खेतीका लागि दिएको छ ।

केहि किसानले एक पटक फलाएको तरकारी विक्री गरि सकेका छन् भने केहि किसानले भर्खरै शुरु गरेका छन्। ज्याला मजदुरी गर्दै जीवन चलाउदै आएका भूमिहीन किसान एकाएक तरकारी खेती गर्न लाग्दा प्राविधिक ज्ञान नहुँदा समस्या भएको बताउछन ।

No description available.

उनि जस्तै एक दर्जन भूमिहीन किसानलाई सोसाईटी वेलफेयर एक्सन नेपाल अन्तर्गतको पावर प्रोजेक्ट कार्यक्रमले श्रम गर्न उत्प्रेरित गराएको छ । पावर प्रोजेक्ट कार्यक्रमले खेतीयोग्य जमिन भाडामा लिएर ति भूमिहीन किसानलाई व्यवसायिक रुपमा तरकारी खेती गर्न सहयोग गर्दै आएको छ । जसले गर्दा भूमिहीन ति किसानमा एकाएक परिवर्तन आएको छ जुन उनीहरुले कल्पना समेत गरेका थिएनन ।

सोसाईटी वेलफेयर एक्सन नेपाल स्वान अन्तर्गतको पावर प्रोजेक्ट कार्यक्रमले राप्ती गाउँपालिका र राप्ती गाउँपालिकामा खेतीयोग्य जमिन प्रति कट्ठा प्रति महिना बाइस सयका दरले भाडामा लिएर भूमिहीन किसानलाई दिएको छ । स्वानले पहिलो वर्षमा तरकारी खेती गर्दा सबै आफै व्यहोर्ने, दोस्रो वर्ष पचहत्तर प्रतिशत स्वान र पच्चीस प्रतिशत किसानले व्यहोर्ने, तेस्रो वर्ष पचास पचास प्रतिशत किसान र सस्थांले खर्च व्यहोर्ने, चौथो वर्ष किसानले पचहत्तर प्रतिशत र सस्थांले पच्चीस प्रतिशत खर्च व्यहोर्नु पर्ने र अन्तिम वर्ष सबै किसानले खर्च व्यहोर्ने गरे कार्यक्रम शुरु गरिएको सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका अध्यक्ष कृष्ण चौधरीले बताए ।

No description available.

दाङ्गको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा रहेका दलित, सुकुम्बासी, पिछडिएको वर्ग र भूमिहीन गरि एक हजार बढीलाई पावर कार्यक्रम मार्फत आत्मनिर्भर बन्नका लागि उत्प्रेरित गर्ने कार्य भैरहेको सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका दाङ्ग जिल्ला कार्यक्रम संयोजक बिष्णु भुषालले जानकारी दिए । हामीले प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम गर्छु जुन कार्यक्रमले आर्थिक स्थिति मजबुत बनोस भन्ने हाम्रो चाहाना हो, संयोजक भुषालले भने ।

No description available.

यसै विच पावर प्रोजेक्ट अन्तर्गत भूमिहीन किसानले शुरु गरेको तरकारी खेतीको बुधवार अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति दाङ्गका प्रमुख जितेन्द्रमान नेपाली, सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका अध्यक्ष कृष्ण चौधरी, कृषि ज्ञान केन्द्र दाङ्गका बागवानी विकास अधिकृत बाल कृष्ण शाह, सोसाईटी वेलफेयर एक्सन नेपाल स्वानका दाङ्ग जिल्ला कार्यक्रम संयोजक बिष्णु भुषाल र पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस