गृहपृष्ठ ∕ समाचार ∕ पब्लिक अपडेट गृहपृष्ठ पब्लिक अपडेटVenturini Launch Gif ‘प्रतिशोध’ साँध्न शिक्षक विभत्स हत्या, विप्लवका इञ्चार्जको आरोप– श्रेष्ठ सुराकी हुन् पब्लिक अपडेट गृहपृष्ठ पब्लिक अपडेटVenturini Launch Gif ‘प्रतिशोध’ साँध्न शिक्षक विभत्स हत्या, विप्लवका इञ्चार्जको आरोप– श्रेष्ठ सुराकी हुन् जीएनएन मंसीर २४, २०७७ गते १:३८ मा प्रकाशित विराटनगर – मोरङको मिक्लाजुङ–१ बर्खेबाट अपहरण गरी लगिएका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।नेकपाका मेची कोशी इञ्चार्ज प्रतापले हस्ताक्षर गरेको विज्ञप्तिमा श्रेष्ठमाथि केही संगीन आरोप लगाइएको छ। विज्ञप्तिमा विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तालाई पक्राउ गराउन प्रहरी लगाउने र दुःख दिने कार्य श्रेष्ठ संलग्न रहेको जिकिर गरिएको छ।श्रेष्ठलाई सुराकीको आरोप लगाइएको विज्ञप्तिमा भनिएको छ, ‘निज राजेन्द्र श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेची कोशी ब्यूरोको बैठकका क्रममा प्रहरी बोलाएर दमन गराएका थिए, उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अप्रेसनसमेत सञ्चालन गराएका थिए।’२०७७ साल कात्तिक १२ गते ब्यूरो इञ्चार्ज बसेको स्थानमा प्रहरी अप्रेसन गराइ ब्यूरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएको तथा पार्टीका महत्त्वपूर्ण सामग्रीसहित १ लाख रुपैयाँ लुट्न सघाउ पुर्याएको आरोप लगाइएको छ।श्रेष्ठलाई घरबाटै बाँधेर अपहरण शैली १ किलोमिटर टाढा लगेपछि घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर, विप्लव समूहले श्रेष्ठ प्रतिकारमा मारिएको दावी गरेको छ। श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आएको जिकिर विज्ञप्तिमा गरिएको छ।विप्लव समूहका ६ जना कार्यकर्ता आएर श्रेष्ठको अपहरण गरेका थिए। अपहरणको केही समयपछि नै उनको हत्या भएको खुलेको छ। अपहरित श्रेष्ठको उद्दारका लागि स्थानीयबासी पुग्दा उनको हत्या गरेर फालिएको अवस्था शव फेला परेको थियो।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप