गृहपृष्ठ ∕ समाचार ∕ ९० वर्षीया ब्रिटिश महिला किननलाई पहिलो कोरोना बिरुद्ध खोप ९० वर्षीया ब्रिटिश महिला किननलाई पहिलो कोरोना बिरुद्ध खोप दीप संञ्चार मंसीर २३, २०७७ गते १९:५१ मा प्रकाशित बेलायत (जीएनएन) -९० वर्षीया ब्रिटिश महिला मार्गारेट कीननलाई खोप लगाएर यूकेमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरिएको छ । उनलाई स्थानीय समयअनुसार मंगलबार बिहान ६ बजेर ३१ मिनेटमा वरिष्ठ नर्स मे पर्सन्सले कोभेन्ट्रीस्थित युनिभर्सिटी हस्पिटलमा खोप लगाई दिएकी थिइन्।म्यागी पनि भनेर चिनिने कीननले कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झेको बताइन् । “मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो, ” उनले भनिन्। उनी आउँदो साता ९१ वर्ष पुग्दै छिन्। उनलाई फाइजर/बायोएनटेकले विकास गरेको खोप दिइएको थियो। मंगलबार बिहान बीबीसीसंग कुरा गर्दै युकेका स्वास्थ्य मंत्री म्याट ह्यानककले ब्रिटेनमा खोप शुरु गर्न पाउंदा आफु भावविभोर भएको बताए। उनले क्रिसमस भन्दा अगावै लाखौं ब्रिटिश नागरिकहरुलाई खोप लगाउने योजना भएको बताए।यूकेले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ। शुरुमा ८० वर्षभन्दा माथिका र स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने बताइएको छ । करिब २० करोड मानिसलाई लगाइने खोपको पहिलो चरण अस्पतालहरुमा पुर्याएसँगै क्रमश: वितरण गर्ने बेलायतको तयारी छ । यो खोपको प्रयोगसँगै अस्पताल भर्ना हुन आउने कोरोनाका बिरामीहरूको संख्या ९९ प्रतिशतसम्म कम हुने बेलायती सरकारी अधिकारीहरुको दावी छ ।फाइजर तथा बायोएनटेक कम्पनीहरुले विकास गरेको उक्त खोप बेल्जियममा उत्पादन गरिएको हो। जीएनएनसंग कुरा गर्दै बेलायतको बर्मिङ्घम विश्वविद्यालयमा औषधि विज्ञानका सहप्राध्यापक डा. विभु पौड्यालले ब्रिटेनभरि सबै जनतालाई खोप लगाउन अझै ७, ८ महिना लाग्न सक्ने जनाए। तर यो बीचमा खोपबाट नकारात्मक असर परेमा समय अलि लम्बिन सक्ने उनले बताए। ब्रिटेनमा कोभिड १९ का कारण ६४ हजार भन्दा बढी नागरिकहरुको निधन भैसकेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दैऔषधि व्यवसायी संघद्वारा राहत बितरणदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ६दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट दश वर्ष मलेसिया बसेका सितल लोकल कुखुरा पाल्दै औषधि व्यवसायी संघद्वारा राहत बितरण ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै