गृहपृष्ठ ∕ समाचार ∕ स्थायी कमिटिको वैठकमा आउन नसक्ने नेकपा अध्यक्ष ओलीको भनाई स्थायी कमिटिको वैठकमा आउन नसक्ने नेकपा अध्यक्ष ओलीको भनाई दीप संञ्चार मंसीर २१, २०७७ गते १६:४७ मा प्रकाशित काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको वैठकमा आउन नसक्ने जानकारी गराएका छन् ।पार्टी कार्यालय, धुम्बाराहीमा आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले अध्यक्ष ओलीको पत्र बाचन गरेर सुनाएका थिए । पत्रमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमथि बैठकमा छलफल गर्न नसकिने बताएका छन् ।प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्यो । सचिवालय बैठकमा ओलीले आफ्नो असहमति जनाएका थिए तर निर्णयमा नोट अफ डिसेन्ट भने लेखेका थिएनन् ।प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार स्थायी कमिटी बैठकको एउटै एजेण्डा ‘पार्टीको आन्तरिक समस्या’ तय भएको छ । र, थप गृहकार्य गरेर ७ दिनपछि बैठक बस्ने तय भएको छ । २५ मंसिरमा बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस १ गतेलाई सरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट