Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लमहीको क्रिकेट मैदानमा प्रधानमन्त्री कप प्रतियोगिता हुने

लमहीको क्रिकेट मैदानमा प्रधानमन्त्री कप प्रतियोगिता हुने


दाङ्ग – जब प्रतियोगिता आयोजना गरिन्छ तब दाङ देउखुरी लमही स्थित रहेको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अधुरो रहेको कामले तिब्रता पाउछ । लुम्बिनी प्रदेशकै गौरवको रुपमा रहेको यस खेल मैदानको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । निर्माण कार्य हुँदै गर्दा पनि उक्त मैदानमा कैयौ खेलहरु खेलाई सकिएको छ ।

नेता देखि खेलकुद मन्त्री सम्मका उच्च ब्यक्तित्वले धेरै पटक अनुगमन गर्दै यस खेल मैदानको लागि बजेट विनियोजन गर्ने र अन्तरास्ट्रिय स्तरमै चिनाउने आश्वासन दिएर जान्छ्न । तर काम भने हुँदैन । नेता र मन्त्रीका यस्तै चिल्ला आश्वासनले खेलाडी र खेलप्रेमीमा निरासा समेत छाएको छ ।

जब जब लमही स्थित यस मैदानमा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुन्छन तब राष्ट्रिय खेलकुद परिषद तातिने गरेको यहाँका स्थानीयको गुनासो छ ।

मैदानमा सिसौका बिरुवा उम्रेर नर्सरी जस्तै बनेको छ भने जताततै घाँसै घाँस उम्रेको छ । ठाउँ ठाउँमा खाल्डाखुल्डी परेको छ । यस मैदानमा खेल हुन अझै केही दिन भएकोले त्यो समय सम्म हामीले लमहीको खेल मैदानमा गर्न बाँकी रहेको काम जसरी पनि पूरा गर्ने निरीक्षणका लागि आएको टोलीले बताएको छ ।

No description available.

नेपाल क्रिकेट संघ क्यानले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

यसैविच राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका पदाधिकारीको टोलिले देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानको स्थलगत निरिक्षण तथा अनुगमन गरेको छ । शनिवार लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा लगायतको टोलीले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थलगत निरिक्षण तथा अनुगमन गरेका हुन ।

No description available.

दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदानमा हुने क्रिक्रेट प्रतियागिताका लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका क्रिकेट संघका अध्यक्ष दुर्गा थापाले जानकारी दिए ।

क्रिकेट संघका प्रदेश सचिव सञ्जय गुरूङ, प्रदेश सदस्य किशोर गौतम, राष्ट्रिय खेलकुद परिषद् प्रदेश पाँचका कोच दिपेन्द्र प्रताप सिंह, क्रिक्रेट संघ दाङका अध्यक्ष प्रदिप मजगैँया लगायतको टोलीले मैदानको निरिक्षण गरेको हो ।

दाङको लमहीमा यसअघि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भैसकेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस