Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना प्रकरण

तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना प्रकरण


दाङ्ग – तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये ठुला बैंक सन्चालक, सिइओ र सहायक सिइओ सबैलाई अदालतले धरौटिमा छाडेको छ ।

बेष्टर्न बैंक देब बिकास हुदै अहिले कुमारी बैंकमा मर्ज भइसकेको छ । बैंक हिनामिनाका अभियुक्तमध्ये ६ जना बैंक सन्चालकहरु जनही १२ लाख धरौटीमा छुटिसकेका छन् भने बैंकका सिइओ र सहायक सिइओ पनि धरौटिमा छुटेका छन् । १२ लाख धरौटिमा छुटेर मुद्धा खेपिरहेकाहरुमा बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, बैँक सञ्चालक समितिका सदस्यहरु खड्ग बुढाथोकी, अर्जुन बुढाथोकी, निर्मल देवकोटा, वेगम बहादुर भण्डारी, शेषमणि गौतम रहेका छन ।

बैंकका सिइओ खिमबहादुर डिसी उच्च अदालतबाट ३० लाख धरौटि राखेर छुटेको र पुर्पक्षमा रहेका बैंकका सहायक सिइओ तथा कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने सर्बोच्च अदालतबाट ५० लाख धरौटि टागेर छुटेका अदालतका शाखा अधिकृत गोकर्ण वलीले जानकारी दिए । प्रहरीको अनुसन्धानको शिलशिलामा ६ जना बैंक सन्चालकहरु र सिइओ डिसी सहित खातावालहरु लामो समय फरार रहे । सहायक सिइओसहित केहि खातावाललाइ भने प्रहरीले अनुसन्धानको शिलशिलामा नियन्त्रणमा लिएर मुद्धा चलायो ।

प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणमा यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले गएको कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो । मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिती सदस्य, सिइओ फरार सूचीमा थिए । त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो । बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी,ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ ।

यसअघि नै पक्रा परेकामध्ये बैंकका म्यानेजर समिर बुढाथोकी , मनोज केसि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन । केसीले २ करोड ८ लाख २३ हजार ४ सय ९२ धरौटि तिर्न नसकेपछि कारागार चलान भएका हुन । त्यस्तै खातावालहरु बिजय कुमार गुप्ता १ करोड २२ लाख ६५ हजार, झगबहादुर डिसी १ करोड १९ लाख ५० हजार, बसन्त बहादुर बस्नेत ४ करोड ३० लाख ७२ हजार ५ सय सर्बोच्च अदालतबाट धरौटि तिरेर छुटेका छन ।

खाताको रकम दुरुपयोग गरेकोमा रबिन कुमार डाँगी ३५ लाख ५१ हजार रुपैया, ऋण सहायक पोषण प्रसाद जैसि, बिरेन्द्र कुमार गुप्ता २०÷२० लाख, अर्जुन बस्नेत २७ लाख रुपैया उच्च अदालत तुलसिपुरबाट धरौटि राखेर छुटेका छन । १८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंक ऋण बोर्ड सदस्यहरू फरार भएर सिधै अदालतमा हाजिर भएका थिए ।

बैंकको रकम हिनामीनामा मुछिएका धेरैजसो खातावाल, बैंकका कर्मचारी र बैंक सन्चालक,सिइओ, सहायक सिइओ सबै छुटिसकेका छन । अदालतका शाखा अधिकृत वलिले सक्टुराम गुप्ता, बन्दना गुप्ता, अर्चना थापा खत्री, बसन्त बहादुर बुढाथोकी, लेखा परिक्षक प्रेम भुर्तेल साधारण तारीखमा रिहा भइसकेको जानकारी दिए ।

उनका अनुसार दुइ जना प्रतिबादी मात्र अदालतमा हाजीर भएका छैनन् । म्याद बुझेर हाजीर नहुनेमा यज्ञ वली र मदन डिसी रहेका छन । बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सिइओ लगाएको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ ।


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस