गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ प्रिया स्मृती गजमेर मंसीर १९, २०७७ गते १४:५९ मा प्रकाशित दाङ्ग-बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी तिलकराम चौधरी रहेका छन । चौधरीले आफ्नै भाईको श्रीमतीलाई बोक्सी भन्दै पटक पटक कुटपिट समेत गरेको आरोप लागेको छ ।जेठाजुले अत्याधिक मानसिक तनाब दिन थालेपछी पिडित महिला गढवा गाउँपालिकाको न्यायिक समितिको सम्पर्कमा आएकी थिईन । बोक्सी केस प्रहरीले हेर्ने कानुनी प्रावधान भएकोले पीडितलाई न्यायिक समितिले इलाका प्रहरी कार्यालय गढवामा पठाएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला जेठाजुले आफ्नै बुहारीलाई बोक्सी भनेको र मानसिक यातना दिएको भन्दै निवेदन परेपछी पिडक तिलकराम चौधरीलाई मंगलबार इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पिडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पिडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पिडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नबन्ने केश भनेपछि पिडित प्रहरी कार्यालयमा उजुरी दिएको दिएकी थिइन् । जेठाजुको छोरा मादक पदार्थ सेवन गरेर लडि घाइते हुँदा समेत आफुलाई त नै बोक्सी लागेर मेरो छोरा लड्यो भनेर आरोप लगाएको पिडित महिलाले बताइन् । पक्राउ परेका पिडकलाई दाङ देउखुरी जिल्ला अदालत बाट म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् । बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमणबायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरीसिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी ! कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेस विजयी ज़ाइटोमिरमा रुसी क्षेप्यास्त्रको आक्रमणमा परि कम्तीमा १ जनाको मृत्यु कतारमा भब्यताका साथ मनाइयो बुद्ध जयन्ती बायोमेट्रिक स्वास्थ्य परीक्षणको नाममा कैलाश खड्काको दादागिरी