गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ बुहारीलाई बोक्सी भन्दै कुटपिट गर्ने जेठाजू पक्राउ प्रिया स्मृती गजमेर मंसीर १९, २०७७ गते १४:५९ मा प्रकाशित दाङ्ग-बुहारीलाई बोक्सीको आरोप लगाउने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर निवासी तिलकराम चौधरी रहेका छन । चौधरीले आफ्नै भाईको श्रीमतीलाई बोक्सी भन्दै पटक पटक कुटपिट समेत गरेको आरोप लागेको छ ।जेठाजुले अत्याधिक मानसिक तनाब दिन थालेपछी पिडित महिला गढवा गाउँपालिकाको न्यायिक समितिको सम्पर्कमा आएकी थिईन । बोक्सी केस प्रहरीले हेर्ने कानुनी प्रावधान भएकोले पीडितलाई न्यायिक समितिले इलाका प्रहरी कार्यालय गढवामा पठाएको प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँ—गाउँमा चलिरहेको बेला जेठाजुले आफ्नै बुहारीलाई बोक्सी भनेको र मानसिक यातना दिएको भन्दै निवेदन परेपछी पिडक तिलकराम चौधरीलाई मंगलबार इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको हो ।गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुर बस्ने पिडितका सहोदर जेठाजु तिलकराम चौधरीले आफ्नै भाई बुहारीलाई बोक्सीको आरोप लगाएको भन्दै पिडितले प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजु तिलकरामलाई प्रहरीले पक्राउ गरेको हो । पिडित महिलाले गाउँपालिकामा उजुरी गर्न आएको र अभियानमा हिडेको टोली र न्यायिक समितिले हामीले मिलाउन नबन्ने केश भनेपछि पिडित प्रहरी कार्यालयमा उजुरी दिएको दिएकी थिइन् । जेठाजुको छोरा मादक पदार्थ सेवन गरेर लडि घाइते हुँदा समेत आफुलाई त नै बोक्सी लागेर मेरो छोरा लड्यो भनेर आरोप लगाएको पिडित महिलाले बताइन् । पक्राउ परेका पिडकलाई दाङ देउखुरी जिल्ला अदालत बाट म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिएका छन् । बोक्सीको आरोप लगाउने व्यक्तिलाई मूलूकी अपराध संहिता तथा फौजदारी कसुर सजाय–२०७४ मा ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट