Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारयुवा व्यवसायी वलीद्वारा जन्मदिनमा १ सय ५० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

युवा व्यवसायी वलीद्वारा जन्मदिनमा १ सय ५० जना बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


दाङ — दाङको शान्तिनगर गाउँपालिकामा रहेको जनता आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ । सोमबार गाउँपालिका वडा नम्बर ३ भलानेटीमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

युवा व्यवसायी एवं तुलसीपुर ईन्जिनियरिङ कलेजका संस्थापक दिपेन्द्र वलीले आफ्नो २२ औँ जन्मदिनको अवसरमा बिद्यालयमा अध्ययनरत एकसय बढी विद्यार्थीहरुलाई कापि, कलम, विद्यालयका लागि मार्कर, डस्टर , ह्वाईट बोर्ड लगायतका सामग्रीहरु प्रदान गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वलीले जन्मदिनको नाममा हुने फजुल खर्चलाई कटाएर विद्यार्थीहरुको पढाईमा लगाएको बताए । जन्मदिनमा साथीभाई जम्मा गर्ने, केट काट्ने,भोज गर्ने जस्ता कृयाकलापहरुले सामाजिक बिकृती ल्याएको भन्दै आफुले बालवालिकाका लागि खर्च गरेको बताए ।

बिद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा पाँचसम्म अध्ययनरत एकसय ५० जना बिद्यार्थीहरुका लागि आवश्यक पर्ने कापि, कलम र अन्य सामग्रीहरु वितरण गरेका हुन् । बिद्यार्थीको शैक्षिक उन्नतिको लागि जन्मदिन मनाउने खर्च कटाएको छु ’ वलीले भने–‘ हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर गरिब विपन्न विद्यार्थीको शैक्षिक उन्नतिका लागि कहिलै सोच्दैनौं ।’

उनले प्रत्येक वर्ष जन्मदिनको अवसरमा विभिन्न क्षेत्रका गरिव तथा विपन्न परिवारका बालवालिकाहरुलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा तुलसीपुर ईन्जिनियरिङ कलेजका प्रिन्सीपल अमृत कँडेल, पब्लिक ज्ञान ज्योति कलेजका शिक्षक तेजकुमार डाँगी, क्रान्तिकारी विद्यार्थी आन्दोलनका विद्यार्थी नेता हेमन्त प्रकाश वली लगायतले समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै रमाईलो गर्ने बहानामा हुने फजुल खर्चलाई बचत गरी सामाजिक सेवामा लगाउन जरुरी रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक ठग प्रसाद पुनले बिद्यालयले पहिलोपटक सहयोग प्राप्त गरेको बताए । हालसम्म कुनैपनि संघसंगठन र संस्थाले बिद्यालयमा सहयोग नगरेको भन्दै उनले जन्मदिनको अवसरमा गरिएको सहयोगले बालवालिकाहरुलाई नयाँ उर्जा मिलेको बताए ।

विद्यालयकी शिक्षिका यमकुमारी पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक शिव प्रसाद केसीले गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पशुपती घर्तीको अध्यक्षतामा भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #helping

तपाईको प्रतिक्रिया दिनुहोस